प्रधानमन्त्री केपी ओली श्री ३ निरकुश बन्न खोजेको भन्दै काग्रेस प्रवक्ता शर्माले दिए यस्तो चेतावनी

प्रधानमन्त्री केपी ओली श्री ३ निरकुश बन्न खोजेको भन्दै काग्रेस प्रवक्ता शर्माले दिए यस्तो चेतावनी

  • शनिबार, चैत्र २, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाण्डौं चैत्र २ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली श्री तीन जंग बहाजुर जस्तो बन्न खोजेको भन्दै सविधान नकुल्चिन ट्वीटर मार्फत उनले चेतावनी दिएका छन् ।
संसदमा पुगेको राष्ट्रिय सुरक्षा परिषद् विधयेकमाथि शनिबार टिप्पणी गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री मात्रले सेना परिचालन गर्न सकिने व्यवस्थाले ठूलो संकट निम्त्याउने भन्दै होसियार हुनु भनेका छन् ।
गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सिधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधान विधेयकमा छ ।
‘श्री ३ बन्ने भुतलाई नियन्त्रणमा लिनोस् प्रधानमन्त्रीज्यू, अतिशक्तिले अतिभ्रस्ट बनाउँछ’, प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन ‘संविधानको धारा २६६ अनुरुपको राष्ट्रिय सुरक्षा परिषदले २६७ को (६) बमोजिम सिफारिस नगरी प्रधानमन्त्रीको एकल सिफारिसमा सेना परिचालन गर्न मिल्ने संसदमा प्रस्तावित विधेयक अनुचित र आपत्तिजनक छ।’

परिषद्ले राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धमा सुरक्षा निकायलगायत सरकार वा प्रदेश सरकारका विभिन्न मन्त्रालय वा निकायसँग आवश्यक सुझाव, विवरण तथा जानकारी लिन सक्नेछ।

सेनाले मागेको विवरण तथा जानकारी उपलब्ध गराउनु सम्बन्धित मन्त्रालय र निकायको कर्तव्य हुने समेतको व्यवस्था विधेयकमा छ।

‘प्रधानसेनापति समेतको उपस्थितिको सुरक्षा परिषदमा गम्भीर विमर्श गरेर साझा विवेक प्रयोग नगरी केवल एक व्यक्ति प्रधानमन्त्रीको आवेगमा सेना परिचालन गर्न सकिने ‘श्री ३ विधेयक’ अधिनायकवादी आकांक्षाको जगमा खडा छ। संविधान कुल्चन पाइन्न होसियार !’, प्रवक्ता शर्माले अर्को ट्विटमा लेखेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ