नेपाल र बंगलादेश भीड्दै

नेपाल र बंगलादेश भीड्दै

  • शनिबार, चैत्र २, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

विराटनगरमा  जारी साफ महिला च्याम्पियनसिपमा शनिबार आयोजक राष्ट्र नेपालले समूह विजेता बन्नका लागि बंगलादेशको सामना गर्दैछ। बंगलादेश साविक उपविजेता हो। यसअघिका चार संस्करणमध्ये नेपाल तेस्रो संस्करणसम्म उपविजेता बनेको टोली हो। एउटै समूहमा रहेका दुवै टोलीले भुटानलाई हराएर सेमिफाइलनमा स्थान बनाइसकेका छन्।

घरेलु मैदान भएकाले पनि बंगलादेशमाथि जित नेपालले निकाल्न सक्ने अनुमान गरिएको छ। दुवै टोली समूह विजेता बन्ने होडमा छन्। भुटानमाथि जित निकालेर दुवैले समान तीन अंक बनाएका छन्।

नेपालले बंगलादेशविरुद्धको खेलमा कुनै दबाब नरहेको जनाएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपाली टोलीको रेकर्ड राम्रो रहेका कारण जित निकाल्न गाह्रो नहुने बताए। ‘हामी जितका लागि खेल्ने छौं। घरेलु मैदान र दर्शकको पूर्ण साथ नै जितको आधार हो।’ विगतमा भएको पाँच भेटमा नेपालले बंगलादेशमाथि चार खेलमा जित निकालेको छ। एक खेल बराबरी भएको थियो।

साफको पाँचौं संस्करणसम्म आइपुग्दा बंगलादेश र नेपालबीच दुई पटक भिडन्त भएको छ। दुवै खेलमा नेपाल विजयी भएको थियो। नेपालले पछिल्लो पाँच अन्तर्राष्ट्रिय खेलमा तीनमा जित र दुईमा हार बेहोरेको छ। नेपालले भारतमा आयोजित वुमन्स हिरो गोल्डकपमा इरानलाई ३–० र भारतलाई २–१ गोलले पराजित गरिसकेको छ।

प्रशिक्षक खड्काले बंगलादेशका केही महत्वपूर्ण खेलाडीविरुद्ध रणनीति बुनिरहेको बताए। ‘बंगलादेशका राम्रा खेलाडीमाथि हामीले मार्क गरिरहेका छौं’ उनले भने, ‘शनिबार त्यहीअनुसारको रणनीति बनाएर खेल्ने छौं।’

नेपाली टोलीको भर पुनः एकपटक अनुभवी कप्तान नीरु थापामाथि रहने देखिएको छ। ३६ क्याप जितेकी नीरुले हालसम्म ११ गोल गरिसकेकी छिन्। त्यसैगरी टोलीमा अनुभवी स्ट्राइकर सावित्रा भण्डारी पनि महत्वपूर्ण हतियारका रूपमा रहने छिन्। भण्डारीले अन्तर्राष्ट्रिय खेलमा २६ क्याप जितेकी छिन्।

टोलीमै सर्वाधिक अन्तर्राष्ट्रिय २५ गोल गर्ने खेलाडी उनै हुन्। त्यसैगरी नेपाली टोलीमा युवा गोलरक्षक अञ्जली तुम्बाफोको अनुभव बंगलादेशविरुद्ध काम लाग्ने खड्काले बताए। पहिलो रोजाइको किपर तुम्बाफोले १६ क्याप जितेकी छिन्।

जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा समूह ‘बी’बाट भारत र श्रीलंका सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २–० गोलले हराएपछि एक खेल अघि नै भारत र श्रीलंकाले अन्तिम चारमा स्थान बनाएका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ