साफ महिला फुटबल : श्रीलङ्का विजयी

साफ महिला फुटबल : श्रीलङ्का विजयी

  • शुक्रबार, चैत्र १, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

विराटनगर, १ चैत
पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २–० ले पराजित गरेको छ ।

विराटनगरको शहीद रङ्गशालामा भएको समूह बीअन्तर्गतको खेलमा श्रीलङ्का विजयी भई अन्तिम चारमा पुगेको छ । श्रीलङ्काको जितमा दुवै गोल आरएम चलानीकुमारी इकानायाकेले गरिन् ।

इकानायाकेले खेलको ४० औँ मिनेटमा पहिलो गोल गरिन भने दोस्रो गोल खेलको ५० औँ मिनेटमा गरी आफ्नो टोलीलाई तीन अङ्क दिलाउल सफल भएकी छिन् । श्रीलङ्काले खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखेको थियो भने माल्दिभ्सका खेलाडीले केही गोल गर्ने अवसर गुमाएका थिए ।

अन्तिम चारमा पुग्ने ‘ए’ समूहअन्तर्गत नेपाल र बङ्गलादेश तथा बी समूहअन्तर्गत श्रीलङ्का र भारतका टोलीले अब एक–एक खेल खेल्न बाँकी रहेको छ । भुटान र माल्दिभ्स समूह चरणको दुवै खेलमा पराजित भई बाहिरिएका छन् । शनिबार नेपालले समूह ‘ए’ को अन्तिम खेल बङ्गलादेशसँग प्रतिष्पर्धा गर्दैछ । यो खेलले समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ