२०७६ सालको तोयनाथ पञ्चाङ्ग पात्रोः दशैं असोज २१ र भाइटीका कात्तिक १२ गते, कुन चार्ड कहिले ?

२०७६ सालको तोयनाथ पञ्चाङ्ग पात्रोः दशैं असोज २१ र भाइटीका कात्तिक १२ गते, कुन चार्ड कहिले ?

  • शुक्रबार, चैत्र १, २०७५
  • मिर्मिरे अनलाइन

  • 45.2K
    SHARES

१ चैत, काठमाडौं ।
२०७६ सालको तोयनाथ पञ्चाङ्ग पात्रो अनुसार असोज १२ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुने छ । उक्त पत्रो अनुसार २०७६ सालको दशैंको टीका असोज २१ गते परेको छ । भने तिहारको भाइटीका र गोवर्धन पूजा एकैदिन कात्तिक १२ गते परेको छ ।
यस्तै साउन २० गते नागपञ्चमी र ३० गते रक्षा बन्धन अर्थात जनैपूर्णिमा र भदौ २६ गते हरितालिका तीज परेको छ ।
असोज १२ गतेबाट बडा दशैं सुरु हुने भएकोमा १८ गते शनिबारको दिन फूलपाती र २१ गते मंगलबार टीका तथा २६ गते आइतबार कोजाग्रत पूर्णिमा छ ।
यस्तै कात्तिक ८ गतेबाट दोस्रो ठूलो चाड तिहार सुरु हुने छ । कात्तिक ८ गते यमदीप दान गरेपछि ९ गते शनिबार काग तिहार, १० गते कुकुर तिहार, ११ गते लक्ष्मी पूजा परेको छ ।
१२ गते गोवद्र्धन पूजा र भाइटीका एकैदिन परेको छ । तोयनाथ पञ्चाङ्ग पात्रोका प्रकाशक सूर्यनाथ पन्तले अनलाइनखबरसँग भने, ‘२०७६ सालमा गोवद्र्धन पूजा र भाइटीका जुधेको छ । कतिबेला गोवद्र्धन पूजा गर्ने र कतिबेला भाइटीका लगाउने भन्ने कुरा चाहिँ पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गर्छ ।’
२०७६ सालको कात्तिक १६ गते छठ पर्व परेको छ । यस्तै फागुन ९ गते महाशिवरात्री र २६ गते होली पूर्णिमा परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ