इंग्लिस क्लब चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश

इंग्लिस क्लब चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश

  • शुक्रबार, चैत्र १, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, चैत १ । इंग्लिस क्लब चेल्सी युक्रेनको डाईनामो किभलाई हराउँदै युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहिवार राति भएको खेलमा चेल्सीले डाईनामो किभलाई उसैको मैदानमा ५–० ले हरायो । चेल्सीका लागि ओलिभर जिरुले ह्याट्रिक गर्दा मार्कस अलन्सो र हड्जन ओडोईले एक–एक गोल गरे ।

पहिलो लेगको खेलमा ३–० ले विजयी भएको चेल्सी गएरातिको खेलपछि समग्रमा ८–० ले विजयी भयो ।

युरोपा लिगअन्तर्गत गएराति भएको अर्को खेलमा फ्रान्सको रेनेजलाई ३–० ले हराउँदै इंग्ल्यान्डको आर्सनल पनि क्वाटरफाइनलमा प्रवेश ग¥यो । पहिलो लेगको खेल ३–१ ले हारेको आर्सनलले गएरातिको जितपछि समग्रमा खेल ४–३ ले आफ्नो पक्षमा पारेको हो ।

गएराति भएका अन्य खेलमा विजयी हुँदै स्पेनको भ्यालेन्सिया र भियारियाल, ईटालीको नापोली, जर्मनीको आईन्त्राच फ्र्यांकफर्ट, पोर्चुगलको बेनिफिका र चेक गणतन्त्रको स्लाभिया प्राग पनि क्वाटरफाइनलमा पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ