पूर्वको झापालगायतका जिल्लाहरुमा बन्दले जनजीवन प्रभावित

पूर्वको झापालगायतका जिल्लाहरुमा बन्दले जनजीवन प्रभावित

  • बिहिबार, फाल्गुन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

प्रविण अधिकारी/झापा,३०,फागुन।
सरकारकोे दमन, सेना परिचालन, गोलीकाण्ड र ज्यादाति रोक्न, देशभरबाट गिरफ्तार आफ्ना नेता कार्यकर्तामाथि चलाएको अमानवीय यातना र झुठा मुद्दाविरुद्ध नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव पूर्वका जिल्लाहरुमा पनि परेको छ ।
पूर्वका पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी धनकुट, लगायतका जिल्लाहरुमा पनि बन्दको प्रभाव परेको छ । आज बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् भने कलकारखाना र शिक्षणसंस्था बन्द छन् ।
उता झापाका अधिकांश विद्यालय बन्द रहेका छन् । नेपाल बन्दको पुर्वसन्ध्यामा नेकपाका नेता कार्यकर्ताले सुरक्षा चुनौतिका बाबजुद पनि झापाको विभिन्न क्षेत्र नगरपालिकामा जनयुद्धको झल्को दिनेगरि राँके जुलुस र नाराबाजी गरेका थिए। नाराबाजीमा नेकपा कार्यकर्ताले जनयुद्ध जारी छ ,एकीकृत जनक्रान्ति जिन्दावाद ,केपि ओलि मुर्दावाद ,जस्ता नारावाजी गरेका थिए।
उच्च सुरक्षा चुनौतिका बाबजुद पनि विप्लव ने.क.पा. का कार्यकर्ताले जनयुद्धको झल्को दिनेगरि बिहिवार साझ नाराबाजी र राँकेजुलुस प्रदर्शनी गरेका थिए ।
सरकारले ने.क.पा. माथि प्रतिबन्द लगाएको भोलीपल्ट नै साझ मसाल जुलुस बालेका थिउ । आजको बन्दमा नेपाल प्रहरीले नै झापामा सवारीसाधन चलाउन रोक लगाएको पाइएको छ।
सुरक्षा चुनौतिलाई मध्य नजर गर्दै झापाका सडकमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ भने सादा पोसाकका प्रहरी पनि परिचालित रहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ