ने.क.पा.को बन्दका कारण कालिकोटकाे जनजीवन प्रभावित, बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन

ने.क.पा.को बन्दका कारण कालिकोटकाे जनजीवन प्रभावित, बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन

  • बिहिबार, फाल्गुन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

कर्ण बिश्वक्रर्मा/ कालिकोट, ३० फागुन । 

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले आह्वान गरेको बन्दका कारण कालिकोट सहित कर्णाली अञ्चलको जनजीवनप्रभावित भएको छ ।

सरकारकोे दमन, सेना परिचालन, गोलीकाण्ड र ज्यादाति रोक्न, देशभरबाट गिरफ्तार आफ्ना नेता कार्यकर्तामाथि चलाएको अमानवीय यातना र झुठा मुद्दाविरुद्ध नेकपाले नेपाल बन्दको आह्वान गरेको हो । बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरिका सबारी साधन साथै बिद्यालय तथा बजार पूर्ण रुपमा बन्द रहेको छ ।

कालिकोट लगायत कर्णाली प्रदेशको राजधानि सुर्खेत जोड्ने कर्णाली करिडोरको बिभिन्न स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जुम्लाबाट प्रदेश राजधानि सुर्खेतका लागि छुट्ने सवारी साधन चलेका छेनन् भने जुम्लाको सदरमुकाम खलङ्गा बजारका साथै लामो छोटो दुरीका सवारी साधन सन्चालनमा आएका छैन भने शैक्षिक सस्था पनि ठप्प रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ