पोखराको ट्राफिक डोम र लेखनाथ रंगशाला अगाडि बम भेटियो

पोखराको ट्राफिक डोम र लेखनाथ रंगशाला अगाडि बम भेटियो

  • बिहिबार, फाल्गुन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

कास्की, ३० फागुन ।
पोखराको दुई स्थानमा बिहिवार बिहान बम फेला परेको छ । पोखरको सभागृह चोकको ट्राफिक डोम र लेखनाथ रंगशाला अगाडि दुईवटा बम भेटिएको हो ।
शकांस्पद वस्तु भनेर दावी गरे पनि उक्त वस्तु सकेट बम भएको प्रहरीले जनाइएको छ । बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।
बम भेटिएपछि अहिले उक्त स्थानमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
उता, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल बन्दका कारण पोखराको जनजिवन प्रभावित भएको छ । भित्रि गल्लि तथा साघुरा सडकहरुमा केही निजी सवारी साधन फाट्टफुट्ट चले पनि सार्वजनिक सवारी साधन ठप्प छ ।
विद्यालय तथा बजार, पसल पनि बन्द रहेको जनाईएको छ । सरकारकोे दमन, सेना परिचालन, गोलीकाण्ड र ज्यादाति रोक्न, देशभरबाट गिरफ्तार आफ्ना नेता कार्यकर्तामाथि चलाएको अमानवीय यातना र झुठा मुद्दाविरुद्ध पूर्वघोषित कार्यक्रम अनुरुप नै आज ने.क.पा.ले नेपाल बन्द गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ