विवाद रहित हज समिति बनाउछाैंः अध्यक्ष मिया

विवाद रहित हज समिति बनाउछाैंः अध्यक्ष मिया

  • बिहिबार, फाल्गुन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

बाँके । नेपाल हज समितिका अध्यक्ष सम्शेर मियाँले विवादरहित तरिकाले हज व्यवस्थापन गर्न हज समिति लागी परेको बताउनु भएको छ । बाँके र बर्दियामा सुझाव संकलन गरी फर्किने क्रममा बुधबार संचारकर्मीहरु संग नेपालगंजमा कुरा गर्दै अध्यक्ष मियाले गृह मन्त्रालयले केही महिना अगाडि मात्र गठन गरेको हज समितिका विषयमा केही भ्रष्ट मानसिकताका जिम्मेवार व्यक्तिहरुले गलत प्रचार बाजी गरेको प्रति दुख व्यक्र गर्दै नव गठिन हज समितिले विगत भन्दा राम्रो गरेर देखाउने प्रयासमा लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, विगतका समितिमाथि लागेका दागका कारण केही विबाद आए पनि आफू विगतका समितिको राम्रा पाठ सिकेर जिम्मेवारी पूरा गर्ने जिकिर गर्नु भयो । अध्यक्ष मियाँले हज व्यवस्थापनका लागि आवश्यक सबै क्षेत्र र तप्काका व्यक्तिहरूलाई समेटेर अगाडि बढने औंल्याउनु भयो । कुनै समस्या आइपरे तिनको समाधान गर्न आफू तयार रहेको भन्दै मियाँले हज कार्यका लागि छिमेकी मुलुक र अन्तर्रा्ष्ट्रिय क्षेत्रमा भएका अनुभव र सिकाइसमेत प्रयोग गर्ने बताउनु भयो ।

विगतमा एक हजार २०० हाजीहरु हज गर्न मक्का गएको जानकारी दिँदै अध्यक्ष मियाले कम्तीमा पनि एक हजार हजयात्री थप्ने प्रयासमा गृह मन्त्रालय र हज समिति लागेको बताउनु भयो । हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको जिकिर गर्नु भयो ।

अध्यक्ष मियाँले गृहमन्त्री राम बहादुर थापाका भनाईलाई उदृत गर्दै भन्नुभयो हजयात्रालाई व्यवस्थित गर्न ठोस योजनाका साथ अघि बढ्न आग्रह गर्नुका साथै हजलाई सफल पार्न सरकारले आवश्यक सहयोग गर्छ, कुनै गुनासो र आरोप नआओस, हज यात्रामा बढी सुविधा र कम खर्च होस् भन्ने कुरामा ध्यान दिन सुझाव दिनु भएको बताउनु भयो । उहाँले आफनो कार्यकालमा नमूना योग्य काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ