ने.क.पा. जनकपुर व्युरोले बिभिन्न स्थानमा बाल्यो मसाल,भोलीको नेपाल बन्द सफल बनाउन अपिल

ने.क.पा. जनकपुर व्युरोले बिभिन्न स्थानमा बाल्यो मसाल,भोलीको नेपाल बन्द सफल बनाउन अपिल

  • बुधबार, फाल्गुन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, २९ फागुन ।
सरकारले प्रतिबन्दको घोषणा गरेको भोली पल्टै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पाटी (ने.क.पा.)ले देशभर मसाल बालेका छ ।
फागुन ३० गते अर्थात भोलीको नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल बालेको हो । यसैक्रममा ने.क.पा. जनकपुर व्युरोले पनि बिभिन्न स्थानमा बुधवार साझ मसाल बालेको छ । व्युरो अन्तरगत सिन्धुलीको हरिहरपुरगढि गाउपालिका, कोशी गाउपालिका र गोलन्जर गाउपालिका मसाल जूलूस सम्पन्न भएको जनाईएको छ ।
सरकारले ने.क.पा. माथि प्रतिबन्ध लगाएसँगै धरपकट तथा निगरानी बढाईरहेका बेला सो पार्टीका नेता कार्यकर्ताभने सडकमा नै निस्कीएर मसाल बालिरहेका छन् । ने.क.पा.ले पूर्व घोषित कार्यक्रम अन्तरगत नै आज साझ देशभर मसाल बालेको हो ।


सरकारकोे दमन, सेना परिचालन, गोलीकाण्ड र ज्यादाति रोक्न, देशभरबाट गिरफ्तार आफ्ना नेता कार्यकर्तामाथि चलाएको अमानवीय यातना र झुठा मुद्दाविरुद्ध ने.क.पा.ले भोली फागुन ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।
बन्द सफल बनाउन पनि सो पार्टीले सबैसँग अपिल गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी