काठमाडौं, २९ फागुन ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी) (ने.क.पा.)ले नेपाल बन्दको पूर्व सन्ध्यामा देशभर मसाल बालेको छ ।
सरकारकोे दमन, सेना परिचालन, गोलीकाण्ड र ज्यादाति रोक्न, देशभरबाट गिरफ्तार आफ्ना नेता कार्यकर्तामाथि चलाएको अमानवीय यातना र झुठा मुद्दाविरुद्ध ने.क.पा.ले भोली फागुन ३० गते नेपाल बन्दको घोषणा गरेको हो ।
बन्दको पूर्वसन्ध्यामा ने.क.पा.ले बुधवार साझ काठमाडौ उत्पयका सहित देशभर मसाल जुलुस निकालेको छ । काठमाडौंको गोङ्गबु, झापा, नवलपुर, मोरङ लगायत बिभिन्न स्थानमा मसाल जुलुस निस्कीएको हो ।
पार्टी महासचिव विप्लवले यसअघि नै बन्द सफल बनाउन सबैसँग अपिल गरेका छन् । सरकारले प्रतिबन्ध घोषणा गरेको बिप्लवले नेतृत्व गरेको नेकपाले भोलीकाे घाेषित नेपाल बन्दकाे पुर्वसन्ध्यामा झापाका बिभिन्न ठाँउहरुमा मसाल जुलुस निकालेको छ ।
यस्तै अछामको पनि विभिन्न ठाउँमा मसाल जुलुस निकालेकेा खबर छ ।