काठमाडौं, २९ फागुन ।
सरकारले फेरि गिरफ्तारको पुरानै श्रृंखलालाई पुनः निरन्तरता दिन शुरु गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा)का विभिन्न अभियोगमा चरम रुपमा मानसिक र शारीरिक यातना दिई हिरासतमा राख्दै आएको अवस्थाबाट अगाडि बढेर पुनः गिरफ्तारको श्रृंखलालाई फेरि निरन्तरता दिन शुरु गरेको छ ।
आजै मात्र अछाम जिल्ला अदालतलको आदेशमा रिहा भएकी ने.क.पा.की नेतृत्व एवं पार्टी अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्षलाई बन्धु चन्दलाई रिहालगत्तै अदालत परिसरबाट सशस्त्र रुपमा तैनाथ प्रहरीको टोलीले पुनः गिरफ्तार गरेको छ ।
चन्दलाई माघ १ देखि शुरु भएको पार्टीको २ महिने केन्द्रीय कार्यक्रम ‘संगठन सृदृढ तथा विस्तार अभियान–२’मा सहभागी भइरहेको बेला माघ ११ गते अछामको पुल्लेतोलाबाट प्रहरी गिरफ्तार गरी हिरासतमा राख्दै आएको थियो ।
तर आज उनलाई अदालतले रिहा गर्न दिएकोमा परिसरबाटै प्रहरीले गिरफ्तार गरी हिरासतमा पुर्याएको छ । हिजै मात्र ने.क.पा.माथि प्रतिबन्ध गर्ने घोषणा गरेको सरकारले गत साउन–भदौ महिना चलाइएको प्रवृत्तिलाई पुनः दोहोर्याएको छ ।
त्यो बेला पार्टीका प्रवक्ता प्रकाण्ड, पोलिट ब्यूरो सदस्यहरु जीवन्त, गम्भीर, ओम पुन, पदमम राई, शिलु, तथा केन्द्रीय सदस्य असल, सुमन लिम्बू, देव नारयाण शाहलगायतलाई अदालते रिहा गर्न आदेश दिने तर प्रहरीले अर्को मुद्दा देखाउँदै न्यायालय परिसर र गेटबाटै पुनः गिरफ्तार श्रृंखला चलाएको थियो । सर्वोच्च अदालतको पटकपटको आदेशकै कारण अन्तिममा नेताहरुलाई छाड्न बाध्यतामा सरकार परेको थियो ।