मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता सुरु, पहिलो दिन कुन खेलमा को विजयी ?

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता सुरु, पहिलो दिन कुन खेलमा को विजयी ?

  • बुधबार, फाल्गुन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, २९ फागुन ।
मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत आजदेखि फुटवल र क्रिकेटका खेलहरु सुरु भएका छन्। क्रिकेटका महिला र पुरुष तथा फुटबलको पुरुष तर्फका खेलहरु सुरु भएका हुन् । पुरुष क्रिकेटका खेलहरु धनगढीको फाप्ला मैदानमा सुरु भएका छन् भने महिला क्रिकेटका खेलहरु संघीय प्रहरी कार्यालयको खेल मैदानमा भईरहेका छन् । पुरुष फुटबलका खेलहरु भने धनगढीको रंगशालामा भईरहेका छन् ।

महिला क्रिकेटमा सुदूरपश्चिमको ऐतिहासिक जित, प्रदेश नम्बर १ को पनि जित
मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटमा सुदूरपश्चिमको महिला टिमले ऐतिहासिक जित हात पारेको छ।
आज भएको खेलमा कर्णाली प्रदेशलाई ४ रनमा अलआउट गर्दै सुदूरपश्चिमको महिला टिमले ऐतीहासिक जित हात पारेको हो। आज भएको खेलमा टस जितेर व्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित १५ ओभरमा २ सय ३१ रन बनायो। सुदुरपश्चिमका लागि रुवी पोदारले ५२ बलमा ८५ रन बनाईन्।
यस्तै रेवती धामीले ४४ बलमा ६९ रन बनाईन्। २ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४ रनमै अलआउट भएको हो। कर्णाली प्रदेशका लागि लक्ष्मी पुरीले १ रन बनाईन् भने ३ रन अतिरित पाएको थियो। सुदूरपश्चिमका लागि कविता कुँवरले २ ओभरमा २ ओभर नै मेडन राख्दै ह्याटिक सहित ४ विकेट लिईन्। यस्तै सुमन विष्टले २ ओभरमा ४ रन दिएर २ विकेट लिईन्।
आज नै भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ७ विकेटले हराएको छ । प्रदेश नम्बर ५ ले टस जितेर पहिले व्याटिङ गर्दै २० ओभरमा ९ विकेट क्षतिमा १०७ रन बनायो । उसका लागि सरस्वती पुनले २८ नितु भण्डारीले २१ रन बनाईन् । प्रदेश नम्बर १ का लागि सवनम राई र निग्मा तामाङले दुई दुई विकेट लिईन् । १०८ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर १ ले निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदै लक्ष्य पुरा गर्यो । प्रदेश नम्बर १ लाई सानदार जित दर्ता गराउन रोमा थापाले ६१ रनको अविजित पारी खेलिन् । त्यस्तै अप्सरी वेगमले पनि १८ रन जोडिन् ।

पुरुष क्रिकेटमा सुदुरपश्चिम र प्रदेश नम्बर १ को जित
पुरुष क्रिकेटमा पनि सुदुरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८ विकेटले हराउँदै सुदुरपश्चिमले विजयी सुरुवात गरेको हो । टस जितेर पहिले व्याटिङ गर्दै कर्णालीले २० ओभरमा ९ विकेट क्षतिमा ९४ रन बनायो । उसका लागि दिवान पुनले २२ र हेमन्त ओलीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो रन अंक बनाउन सकेनन् । सुदुरपश्चिमका लागि नरेन्द्र साउँदले ४ महेश अधिकारीले २ र विकास आग्रीले एक विकेट लिए । ९५ रनको विजय लक्ष्य सुदुरपश्चिमले १४ दशमलव १ ओभरमा २ विकेट गुमाएर विजय लक्ष्य पुरा ग¥यो । सन्जु बोहोराले ४३ खड्क बोहोराले २४ दिपेन्द्र बोहोराले २० रन बनाए ।

पुरुष क्रिकेटमै आज भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ५ रनले हराएको छ । फाप्ला मैदानमा टस जितेर पहिले व्याटिङ गर्दै प्रदेश नम्बर १ ले २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो । सो पारीमा दिपेश कडेलले ३६ र पुष्प थापाले ३४ रन बनाए । प्रदेश नम्बर ५ का लागि कृष्ण कार्कीले दुई विकेट लिए । ११६ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर ५ ले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा ११० रन मात्रै बनाउन सक्यो । सुवेन्द्र पाण्डेयले २२ सौरव खनालले १५ र राजीवर पंिहले १२ रन बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । प्रदेश नम्बर १ का पुष्प थापा र मुकुन्द यादवले दुई दुई विकेट लिए ।

पुरुष फुटबलमा प्रदेश नम्बर २ र प्रदेश नम्बर १ विजयी
पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज भएका खेलमा प्रदेश नम्बर २ र प्रदेश नम्बर १ विजयी भएका छन् । धनगढी रंगशालामा भएको दोस्रो खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई ३–१ ले हरायो । प्रदेश नम्बर २ का लागि रितीक खड्काले दुई र गंगावहादुर आलेले एक गोल गरे । खड्काले ८ मिनेट र ७६ मिनेटमा गोल गरेका हुन् । आलेले १३ मिनेटमा एक गोल गरेका हुन् । गण्डकीका लागि अजिज मियाले एक गोल फर्काए । उनले ६९ औं मिनेटमा गोल गरेका हुन् । आजको पहिलो खेलमा भने प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई १–० ले गोल गरे । प्रदेश १ का लागि विदुर रिजालले एक मात्रै निर्णायक गोल गरे । खेलको ६५ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ