बीपी प्रतिष्ठानको उपकूलपति नियुक्तिमा किन हुँदैछ ढिलाई ?

बीपी प्रतिष्ठानको उपकूलपति नियुक्तिमा किन हुँदैछ ढिलाई ?

  • बुधबार, फाल्गुन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

काठमाडौं, २९ फागुन ।

सिनेट बैठकले ‘भ्रष्ट’ उपकुलपति डा. राजकुमार रौनियारलाई बर्खास्त गरेको दसौं दिन बितिसक्दा पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपति नियुक्ती अन्यौलमा परेको छ ।

प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा फागुन १७ गते बसेको विशेष सिनेट बैठकले उपकुलपति डा. रौनियारलाई बर्खास्तको गरेको थियो ।

सिनेटले लिएको निर्णय कुलपति एवम् प्रधानमन्त्रीको कार्यालयमा अनुमोदनका लागि मन्त्रालयले पठाएको तर कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सिफारिसलाई स्वीकृत नगरेका कारण निर्णय अन्यौलमा परेको छ । यससँगै रौनियार नै आउन सक्ने बाटो बन्द गर्न प्रधानमन्त्री अनिच्छुक रहेको स्वास्थ्य मन्त्रालयमा चर्चा शुरु भएको छ ।

सिनेट बैठकले उपकुलपतिलाई बर्खास्त गर्ने लगायत थुप्रै विषयहरूमा निर्णय गरेको र त्यसलाई अनुमोदनका लागि १९ गतेनै प्रधानमन्त्रीकहाँ पठाइएको भएपनि आजका दिनसम्म प्रम मौन बस्नुलाई रहस्यको रुपमा लिन थालिएको छ ।

सिनेट निर्णयबारे प्रतिष्ठानभित्र पक्ष र विपक्ष गुट बनेको प्रतिष्ठान स्रोतले बतायो । निर्णयको पक्षधर भने निर्णयलाई स्वीकृत गरेर निकास दिनुको विकल्प नरहेको बताउँछ । स्वीकृत गरिहाल्नुपर्नेमा किन ढिलाई गरिराख्या छन् ? भन्ने विषयबारे आफूहरु अन्यौलमा रहेको प्रतिष्ठानका कर्मचारीहरु बताउँछन् ।

सिनेटको सोही बैठकले रेक्टर डा. गुरु खनाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिने निर्णय समेत गरेको थियो । तर निमित्त जिम्मेवारीको पत्र पाउन नसकेका कारण अन्यौलता छाएको हो । रौनियारलाई पदमुक्त भएको पत्र पनि नदिनुले पनि निर्णय कार्यान्वयुन हुने विषयमा थप सशंकित भएको छ । यही मौका छोप्दै रौनियारले चलखेल शुरु गरेको बताइन्छ ।

भ्रष्टाचारबारे छानबिन गर्न अख्तियारलाई मन्त्रालयको पत्र

यसैबीच स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा भएको भनिएको अनियमितताबारे छानविन गरी कार्वाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ ।

उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा प्रतिष्ठानमा भएको अनिमितताका बारेमा छानविन गरी कार्वाही प्रक्रिया अघि बढाउन मन्त्रालयले आयोगलाई पत्राचार गरिएको हो ।

प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले विगतदेखि गर्दै आएका अनियमितता तथा घोटालाका सम्बन्धमा विस्तृत छानविन गरी कारवाहीका लागि पत्रमा आयोगलाई आग्रह गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ