हत्या गरेर फालेको अवस्थामा ३५ वर्षिय पुरुषको शब फेला

हत्या गरेर फालेको अवस्थामा ३५ वर्षिय पुरुषको शब फेला

  • बुधबार, फाल्गुन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

बझाङ,फागुन २९ ।

बझाङ सदरमुकाम चैनपुरमा गएराती एक जनाको ढुङगाले हानेर हत्या गरिएकोे छ । सुर्मा गाँउपालिका वडा नं १ घर भएका ३५ बर्षिया धर्क बहादुर बोहरालाई हत्या गरेर फालेको अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताउनुभयो ।

सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा मृतकको शव फेला परेको हो । स्थानियले विहान सडकमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या के कारणले भएको भन्ने खुल्न सकेको छैन ।

मृतक बोहराको टाउको र अनुहारमा चोट देखिएको छ । अनुहार र टाउकोमा ढुङगाले हानेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भई रहेको र थप अनुसन्धानका लागी कैलाली बाट ल्याउने काम भईरहेको डिएसपि धितालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ