प्रचण्डपुत्री रेणु दाहालको महानगरमा सिलिण्डर बम विष्फोट, टायरमा आगो लगाएर विष्फोट गराइएको प्रहरीको भनाई

प्रचण्डपुत्री रेणु दाहालको महानगरमा सिलिण्डर बम विष्फोट, टायरमा आगो लगाएर विष्फोट गराइएको प्रहरीको भनाई

विष्फोट गराउन संलग्नताको आरोपमा ७ जना गिरफ्तार

  • बुधबार, फाल्गुन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, २९ फागुन ।

प्रचण्डपुत्री रेणु दाहाल मेयर रहेको चितवनको भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयम गएराति शक्तिशाली सिलिण्डर बम विष्फोट भएको छ ।

वडाको शान्तिचोकस्थित कार्यालयमा राति १२ बजेतिर पछाडिको ढोका फोडेर भित्र छिरेर प्यासेजमा सिलिण्डर बम विष्फोट गराइएको पाइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डीएसपी) दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।

विष्फोटबाट कार्यालयमा क्षति पुगेको छ भने मानवीय क्षति हुन नभएको उनले बताए । विष्फोटको आवाज आएलगत्तै कार्यालयबाट प्रहरीको एक टोली पुगेर आगो निभएको थियो । उनका अनुसार विष्फोटन कागज भेला पारेर त्यसमाथि टायर राखी आगो सल्काई त्यसमाथि सिलिण्डर राखेर गराइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । तर प्रहरीले विप्लव नेतृत्वको ने.क.पा.मााथि शंका गरेको छ । ‘विष्फोटको जिम्मा नलिएसम्म यसैले हो भन्न सक्ने अवस्था छैन’ डीएसपी रेग्मीले भने ।

विष्फोट गराउन संलग्न रहेको आशंका बुधबार बिहानदेखि यता भरतपुर लगायत क्षेत्रबाट ७ जनालाई पक्राउ गरेको पनि उनले स्वीकारे । पक्राउ पर्ने सबै पुरुष छन् भने अनुसन्धानका क्रममा रहेकाले उनीहरुको नाम, ठेगाना बताउन नमिल्ने पनि उनले बताए ।

भरतपुर महानगर पालिकाका मेयर तत्कालीन माओवादी केन्द्रबाट विजयी रेणु दाहाल हुन् । उनी पूर्वप्रधानमन्त्री प्रचण्डकी पुत्री हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ