मासु खाने विषयमा विवाद हुँदा श्रीमानको कुटाईबाट श्रीमती सख्त घाइते, अनुहार र शरीरभरि निलडाम

मासु खाने विषयमा विवाद हुँदा श्रीमानको कुटाईबाट श्रीमती सख्त घाइते, अनुहार र शरीरभरि निलडाम

  • बुधबार, फाल्गुन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

ओखलढुंगा, २९ फागुन ।

ओखलढुंगामा श्रीमानको कुटपिटबाट श्रीमती सख्त घाइते भएकी छिन् । मानेभञ्ज्याङ गाउँपालिका -१ मोलीका भैमान रुम्दालीले श्रीमती निर्मला राईलाई निर्घात कुटपिट गरेका हुन् । श्रीमानको कुटाईबाट निर्मलाको अनुहारसहित शरीरभरि निलडाम छन् ।

उनको ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक छ । श्रीमानले खुकुरी, मिख्चरको तारसहित अगाडि भेटिएका हातहतिहार प्रहार गरेका थिए । निर्मलालाई गाउँलेले अस्पताल पुर्याएका थिए ।

आइतबार साँझ बेलुकीको खाना खाने विषयमा उत्पन्न भएको विवादपछि निर्मलालाई श्रीमानले कुटेको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । ‘भैमानले देवताका नाममा भएको पूजाको मासु ल्याएको र घरमा बस्ने अरु मान्छेले मासु नखाने भएकाले निर्मलाले पकाउँदिन भनेपछि विवाद भएको रहेछ’ प्रहरी प्रमुख मल्लले भने ‘श्रीमानलाई मासु खान मन लागेको श्रीमतीले पकाउन नमानेको निहुँमा भैमानले श्रीमती कुटेछन् ।’

भैमान अहिले प्रहरी नियन्त्रणमा छन् । उनलाई थप अनुसन्धानपछि कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । राई दम्पतीका २  छोरी छन् ।नयाँपत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ