प्रधानमन्त्री ओलीले भने- जहाँ जहाँ पैसा धेरै छ, त्यहाँ त्यहाँ बम हान्‍नेसँग के को वार्ता ?

प्रधानमन्त्री ओलीले भने- जहाँ जहाँ पैसा धेरै छ, त्यहाँ त्यहाँ बम हान्‍नेसँग के को वार्ता ?

  • बुधबार, फाल्गुन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् ।

फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको वनस्थलीस्थित घरमा बम पड्काइएकोबारे प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग मंगलबार बालुवाटारमा  कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने,आतंकित पार्ने ,पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्” ‘जहाँ जहाँ धेरै पैसा छ ,त्यहीँ बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’ अन्नपूर्ण पोस्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ