रीदेन महर्जन
ललितपुर, २८ फागुन । ललितपुर र ग्रिन इन्टरनेशनल क्लब केन्द्रीय समितिको आयोजनमा मुटु, किडनी तथा क्यान्सर पीडित बसन्त पुलामी मगर बचाउ अभियान सांस्कृतिक कार्यक्रम ललितपुरको नखिपोटस्थित बास्केटबल मैदानमा भव्य रुपमा सम्पन्न भयो ।
कार्यक्रममा क्लबका अध्यक्षका सुलोचना गुरुङ्ग (रोक्का) मगरले मुटु, किडनी तथा क्यान्सर पीडित पुलामी मगरलाई आर्थिक सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिए । ‘मानवीय सेवा नै ठूलो धर्म हो ।’ यस पुण्य कर्ममा सम्पूर्ण नेपालीहरुले साथ दिनुपर्ने कुरामा जोड दिए ।
प्रमुख अतिथि नेटिभ ग्रुप कम्पनीका अध्यक्ष तथा मगर संघका वरिष्ठ नेता राम मगरले क्लबले मानवीय सेवाका निम्ति निरन्तर कार्यक्रम संचालन गर्दै आइरहेको र आगामी दिनमा निरन्तरता दिँदै जाने बताए । कार्यक्रममा वरिष्ठ गायक दिपक लिम्बु, गायक तथा संगितकार सुबी राई, वरिष्ठ संगितकार÷गायक तारा प्रकाश लिम्बु, गायिका रश्मी राई, उज्वल थेबे, राज लाबुङ, मनिस सुहाङ लिम्बुगायतले गीत प्रस्तुति दिएका थिए । सिता राईको नृत्य प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा उपाध्यक्ष जन्मजय साङपाङ राईले स्वागत मन्तव्य राखेका थिए भने संचालन संस्थाका सचिव एवं संचारकर्मी सम्पदा लिम्बुले गरेकी थिइन् ।