विप्लव नेतृत्वको ने.क.पा.माथि सरकारले लगायो प्रतिबन्ध, मुलुकमा द्वन्द्वकाे खतरा बढ्याे 

विप्लव नेतृत्वको ने.क.पा.माथि सरकारले लगायो प्रतिबन्ध, मुलुकमा द्वन्द्वकाे खतरा बढ्याे 

  • मङ्लबार, फाल्गुन २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 24.9K
    SHARES

काठमाडौं, २८ फागुन ।

केपीशर्मा ओली नेतृत्वको सरकारले नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)लाई प्रतिबन्ध लगाएको छ ।

आजमंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ने.क.पा.लाई प्रतिबन्ध लगाउने घोषणा गर्ने निर्णय गरेको हो । बैठकले ने.क.पा.लाई ‘अपराधिक’ संगठनको रुपमा व्याख्या गर्दै आगामी दिनमा ने.क.पा.लाई खुला रुपमा कुनै किसिमका गतिविधि गर्न नदिने निर्णय लिएको छ । यसअघि यस पार्टीलाई सरकारले समूहको रुपमा मात्र चित्रण गर्दै आएको थियो ।

ने.क.पा.ले विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने, समाजमा र व्यक्तिको शान्ति सुरक्षामा खलल पुर्याएको ठहरसहित गतिविधि गर्न नदिने घोषणा बैठकले गरेको हो । एउटा पार्टीमाथि प्रतिबन्धको घोषणासँगै सरकार फासीवादउन्मुख भएको टिप्पणी शुरु भएको छ ।
२०५२ सालबाट शुरु गरिएको तत्कालीन जनयुद्ध चल्दै गर्दा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनयुद्धको नेतृत्व गरिरहेका ने.क.पा (माओवादी)लाई आतंककारी घोषणा गरेर प्रतिबन्ध लगाएर व्यापक दमन चलाएको थियो । दुई महिनामै ठीक पार्छु भन्दै प्रधानमन्त्री देउवा कस्सिएका थिए । पछि २०५८ मंसिर ११ गतेबाट तत्कालीन शाही सेनालाई जनयुद्धविरुद्ध परिचालन समेत गरियो । तर देउवाले सोचेभन्दा ठीक उल्टो जनयुद्ध देशैभर फैलिनगई अढाई सय वर्ष पुरानो राजतन्त्र खरानी हुन पुगेको थियो ।

आजको प्रतिबन्धसँगै ने.क.पा.माथिदमन र धरपकड गर्ने बाटो खुलेको छ । गत साउन २२ मा ने.क.पा.काप्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित दर्जन केन्द्रीय नेतालाई गिरफ्तार गरी संगठित अपराधकाे मुद्दा चलाउने काेशिस गरिएकाे थियाे ।

अब उक्त ‘संगठित अपराध’सम्बन्धी कानून सजिलै आकर्षित सम्भावना बढेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रस्तावमा ने.क.पा.लाई ‘अपराधिक संगठन’ ठहरसहित त्यसमाथि प्रतिबन्ध लगाउने घोषणा गरिएको स्रोतले बतायो ।

गएको भदौ–असोजमा सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली गठन गरी वर्तमान संविधानप्रति असन्तुष्ट पसिना पक्षहरुसँग वार्ता प्रसंग चलाएको थियो । तर उसले न ने.क.पा.लाई वार्ता गर्न पत्रचार गर्यो न एजेण्डा सार्वजनिक गर्यो । केही समूहसँगवार्ता गरी अकर्मण्यताबीच वार्ता टोली भंग गरियो ।

त्यसपछि सरकार ने.क.पा.विरुद्ध झनै कडा रुपमा प्रस्तुतहुँदै आएकोमा आज प्रतिबन्ध लगाउने तहसम्म सरकार पुगेको छ । प्रतिबनधको घोषणासँगै मुलुक द्वन्द्वमा जाने खतरा बढेको टिप्पणी राजनीतिक वृत्तमा शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ