दुर्घटना परेको जन्तीबस रुखमा अड्कियो, दुई जनाको घटनास्थलमै मृत्यु

दुर्घटना परेको जन्तीबस रुखमा अड्कियो, दुई जनाको घटनास्थलमै मृत्यु

  • मङ्लबार, फाल्गुन २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

हेटौंडा, २८ फागुन ।

जिल्लाको गढी गाउँपालिका २ चैनपुर डाँडामा जन्ती बोकेर आइरहेको बस दुर्घटना भएको छ । सडकबाट पल्टिएको बस रुखमा अड्किएको छ । थुप्रै संख्यामा घाइते भएका छन् भने काभ्रे ज्याम्दी घर भई भक्तपुर बस्ने ३० वर्षका नवराज परियार र नुवाकोट घर भई बालाजु बस्ने २१ वर्षका विकास धमलाको घटनास्थलमै ज्यान गएको छ ।

केहीबेर अघि मात्र भएको उक्त दुर्घटनामा अन्य १७ जना जन्ती घाइते भएका छन् । त्यसमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको हेटौडास्थित जिल्ला प्रहरी कार्यालयले जनाएको छ । के कारणले दुघर्टना भएको भन्ने अनुसन्धान भइरहेको पनि कार्यायले जनाएको छ । बा ४ ख २२१७ नम्बरको बस भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बेला सडकबाट पल्टिएको हो । दुर्घटनास्थल कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडा हो ।

घाइतेलाई उपचारका लागि हेटौंडाको हेटौंडा अस्पताल र चुरे हिल अस्पताल लगिएको छ । बस हेटौंडामा बेहुली लिन आउँदै थियो । जन्ती बोकेको तीन बसमध्ये पछाडिको बस दुर्घटनामा परेको हो । बेहुला चढेको गाडी भने सुरक्षित रहेको जनाइएको छ । फागुनको महिनामा आज र भोलि विवाहको साइत परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ