गाउँगाउँमा नेपाल बन्दलक्षित ने.क.पा.को कोणसभा र प्रचारप्रसार

गाउँगाउँमा नेपाल बन्दलक्षित ने.क.पा.को कोणसभा र प्रचारप्रसार

  • सोमवार, फाल्गुन २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

कालिकोट, २७ फागुन ।

ने.क.पा.ले नेपाल बन्द नजिकँदै गर्दा गतिविधिलाई पनि बढाउँदै लगेको छ । शान्तिपूर्ण कार्यक्रम समेत गर्न नदिई आफ्ना नेता कार्यकर्तामाथि सरकारले दमन, धरपकड र झुठा मुद्दा लगाएको भन्दै विरोधस्वरुप आउँदो फागुन ३० गतेका लागि घोषित नेपाल बन्द लक्षित ने.क.पा.ले देशभर राजनीतिक गतिविधि बढाएको हो ।

सोही क्रममा आजै कालिकोटको नरहरिनाथ गाउँपालिकाको मालकोटस्थित नन्दीदेवी मावि सेरापाटामा ने.क.पा.को एरिया कमिटीले विशेष कोणसभा गरेको छ । सभाका प्रमुख वक्ता एरिया ईन्चार्ज कमल बटाला ‘धरातल’ले सरकारले शान्तिपूर्ण राजनीतिक गतिविधि समेत गर्न नदिई फासीवादी बनेको भन्दै उसको विनाशको यात्रा शुरु भएको बताए । ३० गतेको बन्द सरकारको अत्याचार, दमन र झुठा मुद्दाविरुद्ध भएकोले स्वतन्त्रपूर्वक र शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न पाउने अधिकारको रक्षाको लागि भएकोले सफल बनाउन स्थानीयसँग आग्रह गरे । बटाला ने.क.पा.को जिल्ला सचिवालय सदस्य समेत हुन् ।

गोरख विक संचालन गरेको उक्त कोणसभामा स्थानीयहरुको उपस्थिति रहेको थियो । वक्ताहरुले ‘सरकारी नेकपा’ले गाउँटोलमा जनतालाई दुःख दिएको र स्थानीय तहमा प्रतिनिधिहरुले ठेकेदा र विचौलियासँग मिलेर बजेट दुरपयोग गर्ने र चरम भ्रष्टचार गर्ने गरिएको बताउँदै तिनलाई ठेगान जनताले लगाउने काम शुरु भएको समेत बताए ।

नेता कार्यकर्तामाथि सरकारले अनाहकमा दमन र गिरफ्तार गरेर झुठा मुद्दा लगाएको र फासीवादतर्फ उन्मुख भएको भन्दै रोक्नका लागि विरोधस्वरुप ने.क.पा.का महासचिव विप्लवले ३० गतेलाई नेपाल बन्दको घोषणा गरेका छन् ।

सरकारले पछिल्लो चरणमा कोशी ब्यूरो सदस्य एवं मोरङ–धनकुटा ईन्चार्ज देवकुमार लिम्बू ‘संगीत, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्द, अखिल नेपाल किसान महासंघका केन्द्रीय संयोजक राजु कार्की, युवा संगठनका सूर्य भुजेल, केदार खतिवडा, गुल्मीका सेक्रेटरी खिमबहादुर खडका, दुर्गाबहादुर रोकालगायत ५० भन्दा बढी नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरी हिरासतमा राख्दै आएको छ । दर्जनौंलाई विभिन्न अभियोगमा जेल पठाइएको छ ।

घोषित कार्यक्रम अनुसार सोमबार प्रचारप्रसार रहेको छ । भोलि २७ गते पनि देशैभर कोणसभा गर्ने, २८ गते र्याली र २९ गते साँझ मशाल जुलुस गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ