काठमाडौं, फागुन २७ । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले रियाल भालाडोलीडमाथि फराकिलो जित निकालेकेा छ ।
गएराति भालाडोलिडको मैदानमा भएको खेलमा ४–१ काे जित निकाल्दै पाहुना टोली रियाल मड्रिडले राहत महसुस गरेको हो ।
खेलमा रियाललाई विजयी गराउन करिम बेन्जमाले २ गोल गर्दा राफेल भाराने र लुका मोड्रिचले एक एक गोल थपे ।
जितपछि रियाल मड्रिडले २७ खेलबाट ५१ अंक बनाएको छ ।
शीर्ष स्थानको बार्सिलोनाको ६३ अंक छ । ५६ अंकका साथ एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline