काठमाडौं, २५ फागुन ।
मनाङमा हिम पहिरोमा परी एक विदेशी पर्यटक सहित दुई जनाको मृत्यु भएको छ । मनाङको ढुकुर पोखरी र पिसाङ हिमालको बीचमा ३२०० मिटरको उचाइमा हिम पहिरोमा परेर नेदरल्याण्डका पर्यटक ३० वर्षीय भी. जे.ब्लोएम र धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका गाइड २५ वर्षीय अजय ढकालको मृत्यु भएको हो ।
‘परिवार होलिडे’ टे्रकिङ कम्पनीका गाइड बिबलाल तामाङका अनुसार उनीहरु फागुन १४ गते नै हिमपहिरोमा परेका थिए । तर शनिबार मात्रै यसबारे जानकारी प्राप्त भएको थियो।
लामो समय सम्पर्क्विहीन भएपछि समीट हेलीकोप्टरमार्फत ३ जना माउन्टेन गाइडको सहयोगमा खेजी गर्दा शनिबार शव फेला परेको हो । दुवैको शव शनिबार नै काठमाडौं ल्याउने तयरी भएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline