दाङमा टिपर मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु

दाङमा टिपर मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु

  • शनिबार, फाल्गुन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

दाङ, २५ फागुन ।

दाङकाे घोराही–मुर्कुटी सडकखण्डमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका ३ बस्ने ५९ बर्षिय ठाकुरप्रसाद महरा रहेका छन् ।

घोराही उपमहानगरपालिका ४ कुमाकी ढुंगेमोड नजिकै रा १ ख ८९० नम्बरको टिप्परले रा ३ प ३३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनकाे मृत्यु भएकाे हाे ।

मोटरसाईकलको पछाडि बसेका महराको उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक बंगलाचुली २ का कमलाल पौडेलको खुट्टामा चोट लागेको र प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ