अस्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेटमा भारत ३२ रनले पराजित

अस्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेटमा भारत ३२ रनले पराजित

  • शनिबार, फाल्गुन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, २५ फागुन ।

अस्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेटमा भारत ३२ रनले पराजित भएको छ ।

राँचीमा भएको खेलमा कप्तान विराट कोहलीको शतकीय पारीका बाबजुद पनि घरेलु टोली भारत भ्रमण टोली अस्ट्रेलियासँग ३२ रनले पराजित भएको हो ।

३१४ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभर दुई बलमा सबै विकेट गुमाएर २८१ रन मात्रै बनायो ।

भारतका लागि विराट कोहलीले ९५ बलमा १६ चौका र एक छक्काको सहयोगमा १२३ रन बनाए । कोहलीले एक दिवसीय क्रिकेटमा ४१ औँ शतक बनाएका हुन् ।

यस्तै विजय शंकरले ३२, महेन्द्र सिंह धोनी र केदार जाधवले समान २६ तथा रवीन्द्र जडेजाले २४ रनको योगदान दिए पनि हार टार्न सकेनन् ।

अस्ट्रेलियाका प्याट कमिन्स, जायी रिचर्डसन र एडम जाम्पाले तीन/तीन विकेट लिए । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा ३१३ रन बनायो ।

उसका लागि उसमान खावजाले ११३ बलमा ११ चौका र एक छक्काको सहयोगमा १०४ रनको योगदान दिए ।

यस्तै एरोन फिन्चले ९९ बलमा १० चौका र तीन छक्काको सहयोगमा ९३ तथा ग्लेन म्याक्सवेलले ३१ बलमा ४७ रन बनाए ।

भारतका कुलदीप यादवले तीन विकेट लिए । लगातार दुई खेलमा जित निकालेको भारतले तेस्रो खेलमा हार बेहोरे पनि पाँच एक दिवसीय शृङ्खलामा २–१ को अग्रता भने कायमै राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ