महिलाप्रति हुने सामाजिक विभेदअझै यथावत् छः श्रेष्ठ

महिलाप्रति हुने सामाजिक विभेदअझै यथावत् छः श्रेष्ठ

  • शनिबार, फाल्गुन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

हेटौँडा। प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले महिलाप्रति हुने सामाजिक विभेदअझै यथावत् नै रहेकाले त्यसप्रतिको सोच र दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ ।

अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा उहाँले महिलाको हक अधिकारका लागि सरकारी र गैरसरकारी संस्थाले हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सामाजिक विकासमन्त्री युवराज दुलालले महिलाको हकहित र अधिकारका लागि सरकार लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले महिलामाथिको भेदभाव र हिंसा रोक्न सरकारको प्रयास मात्रैले नपुग्ने भएकाले समाजका हरेक वर्गलाई सहयोग गर्न अनुरोधसमेत गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय निकायका जनप्रतिनिधि, बिभिन्न राजनीतिक दल, सरकारी कार्यालयका प्रमुखलगायतको उपस्थिति थियो ।

यसैबीच गैरसरकारी सङ्घ संस्थाअन्तर्गत मानवअधिकार संरक्षण तथा मानवअधिकार बेचबिखनविरुद्धको सञ्जाल मकवानपुरले नारी दिवसका अवसरमा अन्तक्र्रिया तथा गीति नाटक कार्यक्रम आयोजना गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ