राष्ट्रपति रनिङशिल्ड गोकर्ण माविलाई

राष्ट्रपति रनिङशिल्ड गोकर्ण माविलाई

  • शनिबार, फाल्गुन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ ।
गोकर्णेश्वर नगरपालिकाव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा भएको सो प्रतियोगितामा ११ खेल खेलाइएको थियो ।

नगरपालिकाका ४० विद्यालयका खेलाडी सहभागी सो प्रतियोगितामा गोकर्ण माध्यमिक विद्यालय पहिलो भएको व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण ज्योतिले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालय मावि दोस्रो र चामुण्डा माध्यमिक विद्यालय तेस्रो भए । समापन समारोहमा पूर्वमन्त्री एवं सांसद राजन केसीले खेलकूदलाई शिक्षण सिकाइको अनिवार्य क्रियाकलापका रुपमा अघि बढाइनुपर्ने बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले नगरपालिकामा खेलकूदलाई महत्व दिन फुटबल खेल मैदान निर्माण योजनालाई प्राथमिकतामा राखेको बताउनुभयो । नगरपालिकाका सबै विद्यालयमा खेलकूदलाई अनिवार्य शैक्षिक क्रियाकलापका रुपमा समावेश गर्न लागिएको उहाँको भनाइ थियो । उपप्रमुख शान्ति नेपालले नियमित खेलकूदको अभ्यासले विद्यार्थीको मानसिक विकासमा सहयोग पुग्ने भएकाले यसको आवश्यकता रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ