चिनियाँ राजदूतावास गर्यो नारी दिवसमा सांस्कृतिक कार्यक्रम

चिनियाँ राजदूतावास गर्यो नारी दिवसमा सांस्कृतिक कार्यक्रम

  • शनिबार, फाल्गुन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं । एक सय नवौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालका लागि चिनियाँ राजदूतावासले शुभकामना आदानप्रसाद तथा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

दूतावासले आज आयोजना गरेको सो कार्यक्रमको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उद्घाटन गर्नुभयो । मन्त्री थापाले नेपालको संविधानले राज्यको प्रत्येक निकायमा महिलालाई ३३ प्रतिशत हक सुनिश्चित गरेको बताउनुभयो । उहाँले नेपालको संविधानले महिलालाई कानूनीरुपमा हकअधिकार दिएको र कार्यान्वयन गर्नका लागि सरकारले प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाल–चीनबीच सम्बन्ध र सहकार्य विगतदेखि नै रहँदै आएको र दुई मुलुकको विकास र मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि कायम राख्ने बताउनुभयो । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिलाको अर्थतन्त्र, राजनीति तथा समानता आदिका लागि दिएको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै दुई मुलुकले महिलाको विकासका लागि सहकार्य गर्दै आएको र सन् २०१८ मा २६० महिलालाई चीन सरकारले तालीम प्रदान गरेको जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारको क्षेत्रमा निकै काम गरेको आफूले पाएको राजदूत यान्छीले बताउनुभयो । उहाँले नेपाली महिलाको कामप्रतिको दृढताको प्रशंसा गर्नुभयो । सो अवसरमा राजदूत यान्छीले नेपाली गीतमा नृत्यसमेत गर्नुभएको थियो । विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेत्री तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ