केन्द्रीय सदस्य उत्तम गिरफ्तार परेको कुरा हल्ला मात्रः ने.क.पा.

केन्द्रीय सदस्य उत्तम गिरफ्तार परेको कुरा हल्ला मात्रः ने.क.पा.

  • शुक्रबार, फाल्गुन २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, २४ फागुन ।

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का केन्द्रीय सदस्य उत्तम गिरफ्तार परेको समाचार हल्ला मात्र भएको जनाएको छ ।

शुक्रबार ने.क.पा.निकट अखिल नेपाल महिला (क्रान्तिकारी)ले १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजधानीको शान्तिबाटिका आयोजित र्याली तथा सभामा उपस्थित हुने क्रममा प्रहरीले गिरफ्तार गरेको भन्ने समाचार बाहिर आउन थालेपछि ने.क.पा.का पोलिट ब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ले केहीबेर अघि मात्र आफ्नो फेसबुक पेजमा स्टाटस लेख्न समाचार सत्य नभएको स्पष्ट पारेका हुन् ।

केन्द्रीय सदस्य उत्तम अहिले जनतामाझ् नै पार्टी काममा नियमिततामा रहेका समेत जबस ईन्चार्ज समेत रहेका नेता जीवन्तले ‘कमरेड उत्तम केन्द्रीय समिति सदस्य गिरफ्तार भन्ने हल्ला मात्र हो । उहाँ पार्टी काममा जनताबीच हुनुहुन्छ’ फेसबुक पेजमा लेखेको छन् ।

आज सम्पन्न उक्त दिवस कार्यक्रम ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट महिला संगठनसहित संयुक्त महिला संघर्ष समितिले आयोजना गरेको थियो । यो सभामा वक्ताको रुपमा सहभागी हुने क्रममा अपरान्ह करिब १२ बजेको समयमा शान्तिबाटिका देखा परेको तर कार्यक्रममा प्रहरीले दमन र धरपकड गरेपछि नेता उत्तम सम्पर्कमा नरहेको भन्दै गिरफ्तार परेको समाचारहरु आइरहेका थिए । सोहीबीच नेता जीवन्तले गिरफ्तार परेको समाचार सत्य नभएको स्पष्ट पारेका हुन् ।

पछिल्लो समयमा सरकारले ने.क.पा.का नेता कार्यकर्तामाथि व्यापक दमन र धरपकड बनाउँदै लगेको छ । जसको ने.क.पा. र चौतर्फीबाट विरोध भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ