अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा भएको प्रहरी हस्तक्षेपपछि गिरफ्तारीमा को को परे ?

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा भएको प्रहरी हस्तक्षेपपछि गिरफ्तारीमा को को परे ?

हस्तक्षेपबाबजुद शान्तिबाटिकामै र्याली र सभा सम्पन्न

  • शुक्रबार, फाल्गुन २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 25.2K
    SHARES

काठमाडौं, २४ फागुन ।
आज ८ मार्च । आजैका दिन हो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । सामान्य बोलीचालीमा अन्तर्राष्ट्रिय महिला दिवस भनेर पनि बुझ्ने गर्दछन् ।

आजैकै दिन विश्वभरका महिलाहरुले रोजगार र श्रम अधिकार हासिल गरेका थिए । सोही दिनलाई महिला जगतले स्वतन्त्रता र अधिकारको आवाजले मुक्ति पाएको दिनको सम्झनामा विश्वभर औपाचारिक र खुला कार्यक्रमको आयोजना गरी खुशी सट्ने, नाचगान गर्ने र शुभकामना आदानप्रदान गर्ने गर्दछन् । अधिकारबाट वञ्चित विश्वका कतिपय मुलुकहरुमा त्यहाँ महिलाहरुले संगठित भई अधिकार र मुक्तिको आवाज बुलन्द गर्ने गरेका पछन् ।

सोही सन्दर्भमा आज नेपालमा पनि १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै गर्दा सरकारले प्रहरीको बलमा हस्तक्षेप र दमन गर्दै विथोल्ने काम गरेको छ ।

दिवसको अवसरमा र्याली निकाल्ने र सभा गर्ने तयारी गरिरहेको बेला राजधानी काठमाडौंको शान्तिबाटिकास्थित सडकमा विभिन्न संगठनका महिला दिदीबहिनी र नेतृहरु जम्मा हुने क्रम जारी थियो । त्यहाँ वीर अस्पताल, असन, दरबार हाई स्कूल, घण्टाघर, बागबजार र नेपाल विद्युत प्राधिरकरणतिरबाट सहभागीहरु आउने क्रम जारी नै थियो ।

त्यतिञ्जेल शान्तिबाटिका छिर्ने मूल गेटअगाडि मोहन वैद्य ‘किरण’ नेतृत्वको अखिल महिला संघ (क्रान्तिकारी)ले एक सभा कार्यक्रम तयारी गर्दै थियो । कुर्सी मिलाउने, माइक र स्पीकरको सेटिङ गर्न शुरु हुँदै थियो । त्यसको केहीपर (असनपट्टि) आकाशे पुलको भर्याङनेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट महिला संगठनहरुले संयुक्त रुपमा ‘संयुक्त महिला संघर्ष समिति’ले दिवस र्याली निकाल्ने कार्यक्रम गर्ने तयारी हुँदै थियो ।

सभा कार्यक्रम गर्नुपहिले र्याली असन, इन्द्रचोक, न्यूरोड परिक्रमा गरेर पुनः शान्तिबाटिकामै फर्केर आउने कार्यतालिका तय भएको एक सहभागीले बताए ।

र्याली शुरु गर्ने अन्तिम चरणमा पुगेको बेला त्यहाँ जम्मा भइसकेका केही महिला र पुरुषलाई गाडीसहित तैनाथ प्रहरीको टोलीले हस्तक्षेप र धरपकड शुरु गर्यो र छिनभरमै ‘प्रहरी दमन मूर्दावाद, श्रमिक महिला दिवस जिन्दावाद, दलाल सरकार मुर्दावाद’ जस्ता नारा घन्कियो । कार्यक्रममा अतिथिको रुपमा सहभागी हुन आउँदै गरेका विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेताहरु आउँदै थिए ।

धरपकडपछि उनीहरु कार्यक्रमस्थल नजिक आइपुगेर पनि फर्किए । सादा पोशाकमा दर्जनौं संख्यामा खटिएका सुरक्षाकर्मीले छानीछानी महिला नेतृ र नेताहरुलाई गिरफ्तार गर्न शुरु गर्यो । गिरफ्तार परेकाहरुलाई दर्जनौं संख्यामा रहेको प्रहरीले धमाधम भ्यानमा कोच्ने काम गरे । र, भ्यानभित्र पनि सरकारविरुद्ध नाराबाजी चल्यो । करिब १० मिनेटको अवधिमा धरपकड फत्ते भयो र त्यसपश्चात नाराबाजी घन्किएकै अवस्थामा उनीहरुलाई बोकेर दरबार हाईस्कूलतर्फ भ्यान हुँइकियो ।
गिरफ्तार गर्नुपहिल्यै ‘विप्लवकालाई कार्यक्रम गर्न नदिने भन्ने आदेश छ’ भन्दै सादा पोशाकधारीहरुले विप्लव नेतृत्वका केही नेता र नेतृहरुको नाम लिन शुरु गरिसकेको र्यालीपछि आयोजित सभाका एक सहभागी महिलाले बताइन् । तर आफूले शान्तिपूर्ण कार्यक्रममा पनि तपाईहरुले त्यसो भन्न पाइन्छ ? यो राज्यको ज्यादाति हो’ भनेर जवाफ दिएको उनले बताइन् । यसबाट पनि विप्लवका नेताहहरुलाई पहिचान गरेर गिरफ्तार गर्ने योजनामा राज्य रहेको बुझ्न कुनै कठिनाई देखिएन । गिरफ्तारकै बिचबाट केही नेताहरु उम्किएका पनि पाइयो ।उनले भनिन् ।
कार्यक्रममा सहभागी हुन शान्तिबाटिका पुगेका नेकपाका केन्द्रीय सदस्यको अवस्था भने अहिलेसम्म अज्ञात रहेको बुझिएको छ । ‘ नेता उत्तम कार्यक्रमस्थल (शान्तिबाटिकामै) आइपुगेका थिए । उहाँलाई घेरिसकेका थिए । धरपकड चल्दा के भयो पत्तै पाइनँ’ एक सहभागीले कार्यक्रममा भने । नेता उत्तमबारे प्रहरीले आधिकारिक रुपमा केही बताएको छैन ।

शान्तिबाटिकाको १०९औं अन्तर्राष्ट्रियश्रमिक महिला दिवस र्यालीमा भएको दमनमा परेका र गिरफ्तार गरिएकाहरुलाई अहिले महानगर प्रहरी काठमाडौं परिसरको दरबारमार्ग वृत्तमा राखिएको छ । कसैलाई भेट गर्न दिइएको छैन ।

गिरफ्तारपछि अहिले महिला नेतृहरु विमला भण्डारी, गौरा धामी ‘पुर्णिमा’, रुक्मिणी पुडासैनी, उशा भुजेल तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय उपाध्यक्ष राजकुमार अधिकारी ‘सुरेश’ र युवा नेता नविन विष्टलाई त्यस वृत्तमा राखिएका छन् । सुरेशलाई भने जमलस्थित विश्वज्योति हल अगाडिबाट सादा पोशाकका प्रहरीले बाटोमा हिँडिरहेको अवस्थामा गिरफ्तार गरेका हुन् ।

किन र के कारणले गिरफ्तार गरिएको भन्नेबारे अहिलेसम्म पनि ठोस कारण नबताएको र सिर्फ ‘माथिको आदेश’ मात्र भनिएको जानकारी छ । गिरफ्तारका क्रममा केहीबेर कार्यक्रम बिथालिने स्थिति बनेपनि पछि सहभागीहरुको नेतृत्व गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपाकी नेतृ एवं अखिल नेपाल महिला युनियनकी केन्द्रीय अध्यक्ष सीता सुवेदी, सोही नेकपाका केन्द्रीय सहसंयोजक लोकनारायण सुवेदीलगायतले र्लायीको नेतृत्व गरेका थिए । र्याली शान्तिबाटिका आइपुगेर सभामा परिणत भएको थियो । सभाको अध्यक्षता सीता सुवेदीले गरेकी थिइन् ।

सभामा बोल्ने वक्ताहरुले श्रमिक महिलाहरुले अधिकारको लडाई जितेको दिनलाई स्मरण गर्दै आयोजना गरिरहेको बेला सरकारले फासीवादी शैलीमा दमन गरेर र्यालीबाटै नेतृहरुलाई गिरफ्तार गर्नु आपत्तिजनक हर्कत भएको धारणा राखे । बिनाकारण गिरफ्तार सबैलाई निसर्त तत्काल रिहा गर्न जोडदार माग गरेका छन् । रिहा नगरिए कडा संघर्ष घोषणा गर्न बाध्य हुने पनि वक्ताहरुले चेतावनी दिए ।
पछिल्लो चरणमा सरकारले विप्लव ने.क.पा. र त्यसका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुमाथि समेत धरपकड र मुद्दा चलाउने श्रृंखलालाई बढवा दिएको छ । जसको ने.क.पा.ले जोडदार विरोध गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ