महिला हिंसा न्यूनिकरणका लागि ‘मिसन साहसी’ आजको आवश्यकता

महिला हिंसा न्यूनिकरणका लागि ‘मिसन साहसी’ आजको आवश्यकता

  • शुक्रबार, फाल्गुन २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.3K
    SHARES

भगवती श्रेष्ठ / काठमाडौं ।
मुलुकमा पछिल्लो समय बलात्कार, हत्या, हिंसाका घटनाहरु उल्लेख्य मात्रामा भएको हामी पाउन सक्छौ । वर्तमान समयमा देशमा ६÷ ७ वर्षको बालिकादेखि ७०÷७५ वर्षका वृद्ध समेत बलात्कारको शिकार भएका छन् । यौन दुव्र्यवहारका घटना बढदो छन् ।

प्रायः महिलाहरुले सार्वजनिक स्थलमा यात्रा गर्दा बढी असुरक्षित महसुस गरेका हुन्छन् । सार्वजनिक सवारी साधनमा कोचिएर यात्रा गर्नु पर्दाको अवस्थामा, सार्वजनिक सवारी साधनबाटै कतै एक्लै लामो यात्रा गर्दाको अवस्थामा, साँझ पख तथा विहानी पख एक्लै कतै यात्रा गर्दाको अवस्थामा होस प्राय सबै अवस्थामा महिलाले सुरक्षित महसुस गर्न सकेका छैनन ।

महिलाहरुलाइ अनेकौ बहानामा जिस्काउने, यात्रा गर्दाको समयमा मानिसको भिड भएको मौका छोपी थाहा नभएको होइन जस्तो गरी महिलाहरुको संवेदनशील अंग छुने तथा छुवाउने गर्दछन् । पछिल्लो समय महिलाहरुले आफू माथि हुने हिंसाको प्रतिकार गर्न थाले तापनि धेरै जसो महिला अझ भनौ किशोरीहरुले खुलेर प्रतिकार गर्न सकिरहेका छैनन् । उनीहरु आफू माथि भएको यौनदुव्र्यवहार, शोषण, अत्याचार सहजै स्वीकार गरेर बस्न बाहेक केहि गर्न सकेका छैनन् । यस कारण पनि महिलाहरुलाई आफ्नो सुरक्षा आफै गर्न उनीहरुमा आत्म विश्वासी, आत्मबल बनाउनु जरुरी छ ।

महिलालाई जननी माताको उपनाम दिए तापनि महिलाको अस्तित्वमाथि खेल बाड गर्न अलिकति पनि पछि नपर्ने पुरुष नै हुन् । तर महिला माथि महिलाले नै हिंसा गरिरहेको पनि हामी पाउन सक्छौ । यसो भनी रहदा महिला मात्र हिंसाको शिकार भएका छन् भने होइन पुरुष पनि छन् जो हिंसाको शिकार भएका छन् । तर पुरुषको तुलनामा महिला बढी यसको शिकार हुन पुगेका छन् ।

पछिल्लो समय बलात्कारको घटना बढिरहेको छ । बलात्कार पछि उनीहरुको निर्ममतापूर्ण हत्या गर्ने गरेका छन् । अपराधीहरु खुलेआम शीर ठाडो पारेर हिड्छन भने जो पिडित छ उ चाँही शिर निहुराएर हिड्नु पर्ने अवस्था छ हाम्रो समाजमा । यसकै सख्त उदाहरण हो निर्मला पन्त । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ७ महिना वितिसक्दा पनि उनले न्याय पाउन सकेको छैन । उनले न्याय पाउन नसक्नु भनेकै सम्पूर्ण नेपाली नारीले न्याय पाउन नसक्नु हो । उनको हत्यारा अझै सम्म पनि खुलेआम शिर ठाडो पारेर हिडिरहेका छन् । यसले गर्दा पनि बलात्कारी तथा हत्याराहरुले प्रश्रय पाएको हाम्रो ठम्याई छ ।

महिला हिंसा अन्त्यका लागि भन्दै वर्षेनी नारी दिवस, महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान सञ्चालन गरिए पनि हिंसामा भने कमी आउन सकेको छैन । यस्ता प्रकारका घटनाको अन्त्य हुन जरुरी छ । यसका लागि सर्व प्रथम त तपाई हाम्रो सोचमा परिवर्तन ल्याउनु आवश्यक छ अनि राज्यको कानुनी प्रक्रियालाई पनि मजबुद पार्नु पर्ने देखिन्छ ।

देशभर बढिरहेका यस्ता प्रकारका महिला हिंसा र दूव्र्यवहारका घटनाले जो कोहीलाई पनि चिन्तित बनाएको छ । हामी सबैले महिला हिंसा र दूव्र्यवहार मुक्त, नारी स्वाभिमान र सम्मानयुक्त समाजको अपेक्षा गरेका छौं, तर यस दिशामा प्रयास र सोचको कमीका कारण समाजमा नारीहरुको सम्मान र सुरक्षाको विषयमा प्रश्च चिन्ह खडा भएको छ ।

त्यसैले समाजमा महिलाहरुमाथि बढिरहेको बलात्कार, हत्या, हिंसा, यौन दूव्र्यवहार लगायतका घटनाको न्यूनिकरणको लागि महिलाहरु आफैलाई सक्षम, सबल आत्म विश्वासी बनाउनु आजको आवश्यकता बनेको छ । प्रत्येक महिलालाई आफ्नो रक्षाका लागि आफैं सक्षम बन्ने दिशामा अग्रसर बनाउनु, आत्म विश्वासी बनाउनु जरुरी छ । उनीहरुमा भएको क्षमता, साहस र आत्मविश्वासलाई जागृत गर्नु अपरिहार्य छ । सोही अपेक्षालाई पुरा गर्नका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपालले हाल मिसन साहसी नामक कार्यक्रम मुलुकभर सञ्चालन गरिरहेको छ ।

आफू माथि भएको दूव्र्यवहार विरुद्ध लड्न उनीहरुमा साहस भए पनि पछिल्लो समय घटेका घटनाले उनीहरुको मनोबल गिरेका कारण पुनः उनीहरुको मनोबल उच्च बनाई आफ्नो रक्षाका लागि आफैं खडा हुने सामथ्र्य जुटाउनु नै जरुरी छ । र तब मात्र यत्र नार्यस्तु पुजन्ते रमन्ते तत्रः देवता जस्तो उत्कृष्ट विचारले सार्थकता पाउन सक्छ ।

नारी सुरक्षा र सम्मानका लागि राष्ट्रव्यापी अभियान मिसन साहसी कार्यक्रम विद्यार्थी परिषद्ले अहिले विभिन्न जिल्लामा सञ्चालन गरिरहेको छ । महिलाहरुलाई आत्मरक्षा र आत्मविश्वासका लागि विशेष प्रशिक्षण दिइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी