रिहा लगत्तै ने.क.पा.का पाँच कार्यकर्तालाई प्रहरीले अदालतको गेटबाट पुनः गर्यो गिरफ्तार

रिहा लगत्तै ने.क.पा.का पाँच कार्यकर्तालाई प्रहरीले अदालतको गेटबाट पुनः गर्यो गिरफ्तार

  • बिहिबार, फाल्गुन २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

सर्गम श्रेष्ठ/विराटनगर, २३ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का पाँच जना कार्यकर्तालाई अदालतले रिहा गरे लगत्तै प्रहरीले पुन गिरफ्तार गरेको छ ।
उच्च अदालत विराटननगरले रिहा गरेलगत्तै अमृत मगर, केबी लिम्बु , बाबा लिम्बु , विमल बस्नेत र विक्रम राइलाई प्रहरीले अदालतको गेटबाटै पुन गिरफ्तार गरेको हो ।
उनीहरुलाई फागुन १४ गते इलाम जिल्लाको फाकफोक थुम गांउपालिकाको लुङ्सुम्दाङबाट प्रहरिले गिरफ्तार गरेको थियो ।
फागुन १४ सहिद सप्ताहको पहिलो दिन सहिदहरु प्रति श्रद्धाञ्जली , बेपत्ता तथा घाइते योद्धाहरु सम्मान तथा स्मरण गर्दै सहिद तथा बेपत्ता योद्धाहरुले देखाएको बाटोमा निरन्तर अघि बढने प्रण गर्दै अभियान २ मेचि ब्युरोका अभियान्ताहरु शहीद परिवारलाई सम्मान कार्यक्रममा सरिक भई रहेका बेला शहीद कै घरबाट गिरफ्तार गरियको थियो ।उनिहरुलाई सार्बजनीक मुद्दा लगाईयको थियो ।
आज बिराटनगार अदालतमा उनिहरुको सार्बजनीक मुद्दाको रिट माथि बहस हुँदा उनिहरु अदालतले निर्दाेस सबित गर्दै रिहाईको आदेश दिएको थियो ।तर पुनः अदालत हाता भित्रै बाट प्रहरीले गिरफ्तार गरी बेपत्ता बनाएको भन्दै नेकपा मेची व्युरोले बिरोध जनाएको छ ।

उनीहरुलाई तत्काल रिहा गर्न पनि नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरो कार्यलयले माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ