निर्दोष रोकालाई नक्कली भुठभेड बनाएर घाइते बनायोः ने.क.पा. (विज्ञप्तिसहित)

निर्दोष रोकालाई नक्कली भुठभेड बनाएर घाइते बनायोः ने.क.पा. (विज्ञप्तिसहित)

  • बिहिबार, फाल्गुन २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

बुटवल, २३ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)ले आज बिहान कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ स्थित सिम्बरीमा भएको मुठभेड नक्कली भएको स्पष्ट पारेको छ ।

घटनापछि फैलिएको फरकफरक समाचारबारे जानकारी दिँदै केहीबेर अघि मात्र ने.क.पा.का कपिलवस्तु ईन्चार्ज संगमले एक प्रेस विज्ञप्ति जारी गर्दै शिवराज नगरपालिकाको शिवगढीबाट स्थानीय दुर्गाबहादुर रोका मुठभेडमा प्रहरीको गोली लागि घाइते भएको भनिएको प्रहरी पक्षको भनाईको खण्डन गरेका छन् ।

राति नै सयौंको संख्यामा गाउँ छिरेको प्रहरी टोलीले आज बिहान साढे पाँच बजेको समयमा सामान्य किसान स्थानीय रोकालाई कुटपिट गरी नियन्त्रणमा लिई गिरफ्तार गरेको र पछि प्रहरीले घरदेखि केही पर लगेर गोली हानेको कुरा स्थानीयहरुले बताइरहेको बेला ईन्चार्ज संगमले प्रहरीले नक्कली मुठभेडको हौवा फैलाएर रोकामाथि गोली हानेको स्पष्ट पारेका हुन् । गिरफ्तार गरिएको रोकाको साथबाट हातहतियार फेला परेको भनिएको समाचार निर्दोष रोकालाई फसाउने षडयन्त्रबाहेक केही भएको उनको भनाई छ । ‘रोकाबाट हातहतियार फेला पारेको भन्ने कुरा निराधार हल्ला भएको कुरा जानकारी गराउन चाहन्छौं’ जारी विज्ञप्तिमा भनिएको छ ।

सरकार पक्षले भने ने.क.पा.का नेता रहेको र उनलाई भाग्ने क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिएको र हाल लुम्बिनी अञ्चल अस्पतालमा उपचार गराइराखेको जनाएको थियो ।

नक्कली मुठभेडको बहाना बनाएर निर्दोष जनतामाथि दमन गर्ने प्रपञ्च सरकारले रचेको उनले उल्लेख गरेका छन् । रोका गाउँमै सामान्य ज्यालामजदुरी गर्दै आइरहेका सर्वसाधारण जनता भएको र उनलाई घरमै सुतिरहेको अवस्थामा बिनाकारण कुटपिट गरी गिरफ्तार गरेको विज्ञप्तिमा जनाइएको छ ।

निर्दोष जनतामाथि अनाहकमा त्रास फैलाएर रातको समयमा जबर्जस्त तलासी लिएको र दुःख दिने काम प्र्रहरी प्रशासनबाट भएपछि स्थानीय जुटेर दमनको डटेर प्रतिरोध गरेपछि प्रहरी पछि हट्न विवश भएको भन्दै जनतालाई ‘साहसी’को संज्ञा सफल प्रतिरोधको लागि धन्यवाद समेत ईन्चार्ज संगमले दिएका छन् ।स्थानीय समुदायको सशक्त प्रतिरोधकै कारण ने.क.पा.का महासचिव विप्लवको घरमा खानतलासी असम्भव बनेको समेत उनको जनाएका छन् ।

आफूहरु पार्टीको केन्द्रीय योजना अनुसार जिल्लाभर ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान–२’ अन्तर्गत जनतामाझ कार्यक्रम गरिरहेको बेला सरकारले षडयन्त्रपूर्वक दमन गरेर फासीवादी शासन लाद्न खोजेको आरोप उनले लगाएका छन् । सरकारी दमनको भत्र्सना गरेका छन् ।

गैरन्यायिक तरिकाले गिरफ्तार गरिएका स्थानीय दुर्गाबहादुर रोकालाई बिनासर्त तत्काल रिहा गर्न माग पनि ईन्चार्ज संगमले गरेका छन् । रिहा नगरिए त्यसबाट उत्पन्न परिणाम गम्भीर हुने र त्यसको पूर्ण जिम्मेवार राज्य पक्ष हुने समेत उनले चेतावनी दिएका छन् ।

हेर्नुस् विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ