ने.क.पा. प्रवक्ता प्रकाण्डको गाउँमा सेनाको गस्ती, सेनाका प्रवक्ता भन्छन्– गस्ती ट्रेनिङको पार्ट हो

ने.क.पा. प्रवक्ता प्रकाण्डको गाउँमा सेनाको गस्ती, सेनाका प्रवक्ता भन्छन्– गस्ती ट्रेनिङको पार्ट हो

  • बिहिबार, फाल्गुन २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 31.6K
    SHARES

काठमाडौं, २३ फागुन ।

ने.क.पा. कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको गाउँ कालिकोटको मालकोटमा नेपाली सेनाले गस्ती शुरु गरेको समाचार छ ।

प्राप्त समाचार अनुसार मालकोटको सल्लारुख टोलमा सेनाले गस्ती गरेको छ । गस्ती टोलीले स्थानीय विद्यालयहरुमा पुगेर ने.क.पा.का नेता कार्यकर्ताबारे आएनआएको र गतिविधिबारे सोधपुछ गर्ने गरिएको एक स्थानीयले मिर्मिरे अनलाइनलाई जानकारी दिएका छन् ।

जनपथ प्रहरीले पूर्वको मोरङ, लुम्बिनीको कपिवलवस्तु, राप्तीको दाङ, रोल्पालगायत जिल्लामा अघोषित सर्च अपरेसन चलाइरहेको बेला मालकोटमा भने सेनाले नै पोशाकमै गस्ती गरेको हो । यसबारे बुझ्दा प्रमुख जिल्ला अधिकारी कालिकोटका सीडीओ चन्द्रबहादुर कार्कीले सेनाले गस्ती गरेको भन्नेबारे आफूलाई थाहा नभएको बताए । ‘यसमा खास के रहेछ, बुझेर भनौँला’ उनले भने । जिल्लामा सुरक्षा समितिका प्रमुख सीडीओ रहने र जिल्लामा सेना परिचालन गर्ने नगर्नेबारे निर्णय समितिले गर्ने व्यवस्था छ ।

सेना प्रवक्ता सहायकरथी यामप्रसाद ढकालले सेनाले नियमित रुपमा गर्दै आएको पेट्रोलिङ मात्र भएको बताएका छन् । ‘सेनाले नियमित तालिमका क्रममा गरिने ट्रेनिङको पार्ट हो त्यो’ मिर्मिरे अनलाइनसँग कुरा गर्दै प्रवक्ता ढकालले भने ‘सेनाको वार्षिक क्यालेन्डर अनुरुप ब्यारेक, गुल्महरुले त्यो गरेका हुन्छन्, यो अहिले मात्र होइन, सधैं नै हुन्छ ।’ विप्लव ने.क.पा.सँगको गतिविधिसँग अहिलेको गस्ती कुनै सरोकार नभएको पनि उनले प्रष्ट पारे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ