भारतसँग कुस्तीको अन्तर्रा्ष्ट्रिय संस्था वर्ल्ड रेस्लिङले तोड्यो सम्बन्ध, अन्तर्रा्ष्ट्रिय प्रतियोगिता आयोजना गर्न नदिन सिफारिस

भारतसँग कुस्तीको अन्तर्रा्ष्ट्रिय संस्था वर्ल्ड रेस्लिङले तोड्यो सम्बन्ध, अन्तर्रा्ष्ट्रिय प्रतियोगिता आयोजना गर्न नदिन सिफारिस

  • बुधबार, फाल्गुन २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

२२ फागुन, काठमाडौं । कुस्तीको अन्तर्रा्ष्ट्रिय संस्था युनाइटेड वर्ल्ड रेस्लिङ (यू डब्ल्यू डब्ल्यू)ले भारतसँग सम्बन्ध तोड्दै ओलम्पिक वा कुनै पनि अन्तर्रा्ष्ट्रिय प्रतियोगिता आयोजना गर्न नदिन अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)मा सिफारिस गरेको छ ।
यू डब्ल्यू डब्ल्यूले सम्बद्ध सबै सदस्य राष्ट्रहरुलाई भारतीय रेसलिङ फेडरेसन (डब्ल्यू डब्ल्यू एफ आई)सँग सम्वाद र सम्बन्ध तोड्न निर्देशन दिएको हो ।
हालै नयाँदिल्लीमा आयोजित सुटिङ्ग वर्ल्ड कप प्रतियोगितामा पाकिस्तानी खेलाडीलाई भारतले भिसा नदिएको विरोधमा यू डब्ल्यू डब्ल्यूले यस्तो निर्णय लिएको हो । यसबाट भारतलाई झट्का लागेको विश्लेषण गरिएको छ ।
गत १४ फेब्रुअरीमा काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानका सुटिङ खेलाडीहरुलाई भिसा दिन भारतले अस्वीकार गरेको थियो । पुलवा आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए ।
भिसा प्रकरणपछि आईओसीले पुरुष २५ मिटर्र यापिड फायर पिस्तोल इभेन्टका दुई वटा ओलम्पिक कोटा रद्द गरिदिएको थियो ।
यस विषयमा भारतीय कुस्ती महासंघका पदाधिकारीहरुबाट कुनै प्रतिक्रिया सार्वजनिक नभएको भारतीय मिडिया इन्डिया टुडेले लेखेको छ । किनभने यू डब्ल्यू डब्ल्यूको यो निर्देशनले भारतीय खेलाडीहरुमा कस्तो असर पर्दछ भन्ने कुराको लेखाजोखा भइरहेको छ ।

बुल्गेरियाको सोफियामा यही मार्च ३ तारिखमा भएको डेन कोलोभ(निकालो पेट्रोर्व याकिङ अन्तर्रा्ष्ट्रिय सिरिजमा भारतका खेलाडीहरुले राम्रो प्रदर्शन गरेका थिए । त्यहाँ भारतीय खेलाडीहरुले दुई स्वर्ण र चार रजत पदक जितेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ