साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरियो

साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरियो

  • बुधबार, फाल्गुन २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

२२ फागुन, काठमाडौं । साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । आयाक्स भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति आफ्नै घरेलु मैदानमा प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिड नेदरल्यान्ड्सको आयाक्ससँग ४(१ गोलअन्तरले पराजित भएको हो । समग्रमा रियल मड्रिडले ५(३ गोलअन्तरको हार ब्यहोर्दै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पहिलो लेगमा भने रियल मड्रिडले आयाक्सलाई २(१ गोलअन्तरले पराजित गरेको थियो ।
पहिलो लेगमा आफ्नो अग्रता भएपनि दोस्रो लेगमा नराम्ररी पराजित हुँदै रियलले प्रिक्वाटरफाइनलमै च्याम्पियन्स लिगको यात्रा सकाएको हो ।
आयाक्सले रियलमाथि नसोचेको नतिजा हात पारेको हो । पहिलो हाफमा दुई गोल गरेको आयाक्सले दोस्रो हाफमा थप दुई गोल गर्दा रियलले एक गोल फर्काउन सफल भएको थियो ।
खेलको सातौं मिनेटमा नै हाकिम जियाचले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । सुरुवाती समयमा नै अग्रता बनाएको आयाक्सले खेलको १८औं मिनेटमा दोब्बर अग्रता बनायो । यो पटक डेभिड नेरेसले गोल गरेका थिए ।
त्यस्तै, ६२ औं मिनेटमा डुसन टाडिकले गोल गर्दै आयाक्सको अग्रतालाई ३(० मा र्पुयाएका थिए । तर मार्को एसेन्सियो ७० औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिस गरेका थिए । लसी स्चोनले ७२ औं मिनेटमा गोल गर्दै आयाक्सलाई ४(१ गोलको जित दिलाए ।
पछिल्लो समयमा रियल मड्रिड निकै कमजोर टिम बन्दै गइरहेको छ । विश्वचर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोलाई आफ्नो क्लबबाट बिक्री गरेपश्चात रियलको खेल स्तर निकै घटेको छ । आयाक्सविरुद्धको खेलमा भने नियमित कप्तान सर्जियो रामोस पनि थिएनन् । उनी दुई खेलको प्रतिबन्धमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ