अष्ट्रेलिया भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पराजीत

अष्ट्रेलिया भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पराजीत

  • बुधबार, फाल्गुन २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

२२ फागुन, काठमाडौं । भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली अष्ट्रेलिया पराजीत भएको छ ।
मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई आठ रनले हराएको हो । कुनै बेला जीत नजिक पुगेको अष्ट्रेलियालाई रोक्दै भारतले बाजी मारेको हो ।२५१ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलिया ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २४२ रन मात्रै बनाउन सक्यो ।
अष्ट्रेलियाका मार्कस स्टोइनिसले ५२, पिटर हृयाण्ड्स्कम्बले ४८, उस्मान खवाजाले ३८ र कप्तान एरोन फिन्चले ३७ रन बनाए पनि जीत दिलाउन सकेनन् ।
भारतका लागि कुलदीप यादवले ३ र जस्प्रित बुम्राह र बिजय शंकरले समान २(२ विकेट लिए ।
यसअघि भारतले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा २५० रन बनाएको थियो । भारतको लागि कप्तान विराट कोहलीले ११६ रन बनाउँदै शतक पूरा गरेका थिए । अष्ट्रेलियाका पट कुमिन्सले ४ विकेट लिएका थिए ।
यो जीतसँगै भरातले पाँच खेलको एकदिवसीय सिरिजमा २(० को अग्रता लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ