फागुन २१, नवलपरासी
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नवलपरासीको सहिद –बेपत्ता परिवार अभिनन्दन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीले हस्तक्षेप गर्दागर्दै कार्यक्रम सम्पन्न्न गरेपनी कार्यक्रम सकेर फर्कने क्रममा सहिद परिवार सहित जिल्लाका सल्लाहकार र सदस्यलाई प्रहरीले गिरफ्तार गरेको हो ।
जिल्ला ईन्चार्ज सुमन ज्ञवालिका अनुसार समातिनेमा नेकपाका जिल्ला सदस्य गणेशबहादुर ढकाल, जिल्ला सल्लाहकार रुद्रबहादुर गुरुङ र सहिदका बुवा रुद्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको हो ।
यतिबेला नवलपरासीका अन्य जिल्ला तहका नेता कार्यकर्तालाई समेत प्रहरीले धरपकड गर्ने गरेको एक जिल्ला सदस्यले बताए ! प्रहरीले रणनीतिक योजना बनाएर विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई समात्ने गरिरहेको छ ।
पछिल्लो समय एनसेलको आक्रमण पछि मात्रै नेकपाका झण्डै ३ दर्जन नेता कार्यकर्तालाई समातेको प्रहरीको दाबी छ ।