सन्दीप लामिछाने र सीता राना मगर वर्षकै उत्कृष्ट क्रिकेटर

सन्दीप लामिछाने र सीता राना मगर वर्षकै उत्कृष्ट क्रिकेटर

  • मङ्लबार, फाल्गुन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौं, २१ फागुन । यस बर्षको उत्कृष्ट पुरुष क्रिकेटरमा सन्दीप लामिछाने र वर्षकै उत्कृष्ट महिला क्रिकेटर सीता राना मगर चुनिएका हुन् ।
क्रिकेट खेलाडी संघ (सिप्यान) ले दिएको एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड अन्तर्गत वर्ष क्रिकेटरको अवार्डमा सन्दीप र सीता उत्कृष्ट बनेका हुन् ।
अवार्डसँगै सन्दीपले १ लाख ३२ हजार रुपैयाँ र सीताले ६६ हजार रुपैयाँ पुरस्कार पाए ।अवार्डका लागि सन्दीपले कप्तान पारस खड्का, दिपेन्द्र सिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारे । सीताले कप्तान रुबिना क्षेत्री, करुणा भण्डारी, सरिता मगर र इन्दु वर्मालाई पछि पार्दै अवार्ड जितेकी हुन् ।
मंगलबार अवार्ड वितरण समारोहमा उनी सहभागी भएनन् । उनको अवार्ड नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले ग्रहण गरे ।
यस्तै एनसीसीएस सिप्यान अवार्डमा नेपाली क्रिकेटमा लामो समय बिताएका पूर्व खेलाडी कोमल पाण्डेलाई लाइफ टाइम अचिभमेन्ट अवार्डमार्फत सम्मानित गरियो । उनले ६६ हजार रुपैयाँसहित सम्मान पाएका हुन् ।
राष्ट्रिय टिमका युवा खेलाडी रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड जिते । अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछि पारेका उनले ६६ हजार रुपैयाँ पुरस्कार पाए ।
यस्तै मोमेन्ट अफ दि इयरको अवार्ड करण केसीले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा क्यानडाविरुद्ध खेलेको इनिङले जितेको छ । डिभिजन टू को निर्णायक खेलमा एक विकेटले खेल जिताउँदा करणले ३१ बलमा ४२ रन बनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ