नेपालमा पहिलो पटक आज क्रिकेट अवार्ड प्रदान गरिंदै, पाँच विधामा छनाैट

नेपालमा पहिलो पटक आज क्रिकेट अवार्ड प्रदान गरिंदै, पाँच विधामा छनाैट

  • मङ्लबार, फाल्गुन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं. २१ फागुन । नेपालमा पहिलो पटक आज क्रिकेट अवार्ड प्रदान गरिंदै छ । नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले क्रिकेट अवार्ड वितरण गर्नलागेकाे हाे । विभिन्न पाँच विधाका क्रिकेट खेलाडी एवं क्रिकेटकर्मीलाई पुरस्कृत गर्ने सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

रुसी साँस्कृतिक केन्द्र कमलपोखरीमा आज दिउँसो २ बजेदेखि अवार्ड कार्याक्रम आयोजना हुनेछ । यसका लागि विभिन्न विधाको मनोनयन यसअघि नै सार्वजनिक गरिएको छ ।

सिप्यानले वर्षको उत्कृष्ट खेलाडी पुरुषतर्फ दिपेन्द्रसिंह ऐरी, करण केसी, पारस खड्का, सन्दिप लामिछाने र सोमपाल कामी तथा महिलातर्फ इन्दु बर्मा, करुणा भण्डारी, रुवीना क्षेत्री, सरिता मगर र सिता रानामगरलाई मनोनयनमा राखेको छ ।

यसैगरी बर्षको उदयमान खेलाडीको मनोनयनमा अभिनाश बोहरा, कविता कुवँर, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दिप जोरा परेका छन् ।

सिप्यानले ‘मोमेन्ट अफ दी इयर’ विधाका लागि उत्कृष्ट १० खेलाडीको मनोनयन यसअघि नैं सार्वजनिक गरिसकेको छ ।

क्रिकेट खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान दिने व्यक्तिलाई लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।

बर्षको उत्कृष्ट हुने पुरुष खेलाडीले एक लाख ३२ हजार रुपैयाँ पाउनेछन् भने अन्य विधाका विजेताहरुले ६६ हजार रुपैंया पुरस्कार पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ