मेयर्स चितवन च्याम्पियनसीप: चितवन क्रिकेट क्लबलाई उपाधि

मेयर्स चितवन च्याम्पियनसीप: चितवन क्रिकेट क्लबलाई उपाधि

  • सोमवार, फाल्गुन २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

भरतपुर, २० फागुन ।

१६औँ संस्करणको ‘मेयर्स चितवन च्याम्पियनसीप ट्रफी क्रिकेट प्रतियोगिता’को उपाधि चितवन क्रिकेट क्लबले जितेको छ ।

किशोर महतोले पाँच विकेट लिएपछि चितवनले उपाधि जित्न सफल भएको हो । नारायणगढस्थित क्याम्पाचौरमा भएको फाइनल खेलमा चितवनले कलैया क्रिकेट क्लबलाई ५४ रनले पराजित गरेको हो । उपाधिसँगै चितवनले रु एक लाख तथा उपविजेता बाराले रु ५० हजार पुरस्कार प्राप्त ग¥यो ।

चितवनले दिएको ११० रनको लक्ष्य पछ्याएको बारा १२ दशमलव ३ ओभरमा ५५ रन समेटियो । बाराका लागि शिव तण्डुकारले २३ र कुमार थापाले ११ रन बनाए । बाराले १२ रनको स्कोरमा ७ विकेट गुमाएको थियो । तण्डुकार र थापाले २९ रनको साझेदारी गरे । चितवनका किशोर महतोले ३ दशमलव ३ ओभरमा ९ रन मात्र खर्चे । दीपेश श्रेष्ठ र गौतम केसीले दुई÷दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०९ बनाएको थियो । चितवनका लागि राम कार्कीले ३१, दीपेश श्रेष्ठले २६, हेमराज पौडेलले १५ र हरिबहादुर चौहानले ११ रन बनाए । बलिङतर्फ बाराका अनिल शाह, आशुतोष पटेल र अदिल अन्सारीले दुई÷दुई विकेट लिए ।

चितवनका किशोर महतो म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा १० विकेट लिएका महतो उत्कृष्ट बलर, १५६ रन बनाएका धनगढी क्रिकेट एकेडेमीका राजु रिजाल उत्कृष्ट ब्याट्सम्यान तथा प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका चितवनका दीपेश श्रेष्ठ म्यान अफ दि सिरिज घोषित भए । चितवन जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ