काठमाडौं, २० फागुन ।
तिमिल्सिना समाज नेपालको ९ औं अधिवेशन आगामि चैत ९ गते ललितपुरमा हुनेभएको छ ।
समाजका संरक्षक र सल्लाहकार सहितको सचिवालय बैठकले अधिवेशनको मिति तय गरेको हो ।
अधिवेशन नेशनल ल कलेजको सभाहल सानेपामा हुने समाजका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिना र महासचिव बाबुराम तिम्सिनाद्धारा जारी बिज्ञप्तीमा जनाईएको छ ।
अधिवेशनमा देशभरबाट तिमल्सिना बन्धुहरुको उपस्थिती रहनेछ । अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ । यसपटक अध्यक्षका लागि निर्वाचन हुने भएको छ । यसअघि सहमतीमा नेतृत्व चयन हुँदै आएको थियो ।
निर्वाचन प्रयोजनका लागि कल्याण्कुमार तिमिल्सिनाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । उक्त समितिको सदस्यमा नारायणप्रसाद तिम्सिना र कपिल तिमिल्सिना रहेका छन् ।
बैठकले समाजका संरक्षक कल्याण कुमार तिम्सिना, प्राडा भानु तिम्सिना,एकनाथ तिम्सिना, पिताम्बर तिम्सिना,नारायणप्रसाद तिम्सिना तथा सल्लाहकार कमल तिम्सिना, माधव तिमिल्सिना, कपिल तिमिल्सिना र वर्तमान अध्यक्ष डा. रामकृष्ण तिमिल्सिना रहनेगरी ९ सदस्यीय अधिवेशन अनुसाशन समिति समेत गठन गरिएको छ ।
यसैगरी प्राडा भानु तिम्सिनाको संयोजकत्वमा विधान मस्यौदा समिति समेत गठन गरिएको छ । जसको सदस्यमा सल्लाहकार कृणराज तिमल्सेना र केन्द्रिय सदस्य बिष्णु प्रसाद तिमिल्सिना रहेका छन् ।
समाजले निर्वाचनबाट नयाँ नेतृत्व चयन हुनेभएकाले अधिवेशनमा आउने सबै प्रतिनिधि पयैवेक्षकलाई नागरिकताको फोटोकपि या परिचयपत्र लिएर आउन समेत आग्रह गरेको छ ।अधिवेशन बिहान ८ बजेबाट सुरु हुनेछ ।