लिभरपूललाई उपाधि यात्रामा धक्का

लिभरपूललाई उपाधि यात्रामा धक्का

  • सोमवार, फाल्गुन २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, २० फागुन। इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपूललाई एभर्टनले गोलरहित बराबरीमा रोकेको छ ।

एभर्टनको मैदानमा गएराती भएको मर्सीसाइड डर्बी बराबरीमा सकिएपछि लिभरपूलको उपाधि यात्रामा धक्का लागेको छ ।

बराबरीसँगै लिभरपूलले अंक तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । लिगका २९ खेलबाट ७१ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।

७० अंकका साथ लिभरपूल दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको  टोटनह्याम हट्सपरको ६१ अंक छ ।

प्रिमियर लिग फुटबलमा गएराती चेल्सीले फुल्हमलाई २–१ ले हराउँदा वाट्फोर्डले लेष्टर सिटीलाई २–१ ले पराजित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ