नेपाल कम्युनिस्ट पार्टीका गुल्मी सेक्रेटरी गिरफ्तार, तुरून्त रिहा नगरे प्रतिराेध गर्ने चेतावनी (विज्ञप्तिसहित)

नेपाल कम्युनिस्ट पार्टीका गुल्मी सेक्रेटरी गिरफ्तार, तुरून्त रिहा नगरे प्रतिराेध गर्ने चेतावनी (विज्ञप्तिसहित)

  • आइतवार, फाल्गुन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

बुटवल, १९ फागुन ।

नेपाल कम्युनिस्ट पार्टीको गुल्मी जिल्ला सेक्रेटरी खिमबहादुर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सेक्रेटरी खड्कालाई पार्टी काममा खटिइरहेका बेला प्रहरीले आइतबर दिउँसो गिरफ्तार गरेको हो । उनलाई बाटोमा हिड्दाहिड्दै गर्दा तम्घासबाट गिरफ्तार गरिएको जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहले पुष्टि गरेका छन् ।

उनका अनुसार खड्कालाई अपहरण शैलीमा गिरफ्तार गरिएको हो । सरकारले प्रहरी लगाएर राजनीतिक प्रतिशोध सँधेर बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त खडकालाई तुरुन्त रिहा गर्न ईन्चार्ज सिंहले माग गरेका छन् ।

प्रहरीप्रशासनको हर्कत गलत भएको भन्दै उनले गिरफ्तारप्रति आपत्ति जनाए । खडकालाई निसर्त तत्काल रिहा नगरिए पार्टीले सशक्त प्रतिरोध गर्ने ईन्चार्ज सिंहले अाइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै चेतावनी दिएका छन् ।

पछिल्लो समयमा सरकारले विप्लव नेतृत्वको नेकपामाथि दमन र धरपकड बढउँदै लगेको छ । शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रतिशोधपूर्ण दमन चलाएको भन्दै रोक्न उसले पनि सरकारसँग माग गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ