काठमाडौँ, १९ फागुन । बिगत केही दिन यता लगतार मौसममा परिवर्तन देखिएको छ । देशभर कतै बर्षा त कतै असिनाका साथै हिमपातको क्रम जारी रहेको छ । आज आइतबार पनि मौसम बदली रहने र केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविदहरुका अनुसार देशभर मौसम बदली भएर केही स्थानहरूमा मेघगर्जनसहितको वर्षा हुने सम्भावना रहेको छ । देशभर मौसममा बदली भएकाले प्राय सबै क्षेत्रमा पानी पर्न सम्भावना रहेको छ । उच्च पहाडी भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ । सोमबारदेखि सामान्य रुपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline