सिन्धुपाल्चोकको कार्कीटारबाट नेकपाका १७ जना नेता-कार्यकर्ता गिरफ्तार

सिन्धुपाल्चोकको कार्कीटारबाट नेकपाका १७ जना नेता-कार्यकर्ता गिरफ्तार

  • आइतवार, फाल्गुन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, १९ फागुन ।
विपलव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १७ जना नेता कार्यकर्तालाई प्रहरीले सिन्धुपाल्चोकबाट गिरफ्तार गरेको छ ।
सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ मा रहेको नेकपाको अभियान टोलीलाई प्रहरीले शुक्रवार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको कार्कीटारबाट गिरफ्तार गरेको हो ।
अभियान टोली बसेको स्थानलाई घेरा हाली राती गिरफ्तार गरिएको नेकपाले जनाएको छ । राजनैतिक अभियानमा हिडिरहेका अभियान टोलीलाई पक्राउ गर्नुको कारण केही नभएपनि माथिको आदेश भएको कारण पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नेकपाका जिल्ला सदस्य रञ्जित ठकुरी, धनबहादुर श्रेष्ठ, पूर्ण मल्ल ठकुरी, मेलम तामाङ, समीर तामाङ लगायत रहेका छन् ।
शान्तिपूर्ण राजनैतिक गतिविधिमा लागेका आफ्नो पार्टीका नेता(कार्यकर्ताहरुलाई पक्राउ गरेर सरकार युद्ध चाहेको भन्दै नेकपाले गिरफ्तार गरिएका आफ्नो पार्टीका नेता(कार्यकर्ताहरुलाई बिनासर्त रिहाइको माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ