रवीन्द्र अधिकारीको अन्तिम संस्कार पोखरामा, श्रीमती र छोराले दिए दागबत्ति

रवीन्द्र अधिकारीको अन्तिम संस्कार पोखरामा, श्रीमती र छोराले दिए दागबत्ति

  • शुक्रबार, फाल्गुन १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

पोखरा, १७ फागुन । ताप्लेजुङको फुङ्लिङस्थित सिस्नेभिरमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार पोखराको रामघाटस्थित सेती नदीको किनारमा गरिएको छ। रवीन्द्रको पार्थिव शरीरमा श्रीमति विद्या र छोराले दागबत्ति दिएका छन् ।

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ रामघाटमा अन्त्येष्टि गरिएको हो । रामघाटमा मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या, छोराहरु विराज र स्वराजले दागबत्ति दिँदै अन्तिम बिदाइ गरे । रामघाट लानुअघि अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पोखराकै प्रदर्शनी केन्द्रमा राखिएको थियो ।

प्रदर्शनी केन्द्रमा प्रिय नेतालाई श्रद्धाञ्जली दिन हजारौँको संख्यामा नेता, कार्यकर्ता र स्थानीयबासी उर्लिएका थिए । अधिकारीसहित हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव श्रद्धाञ्जलीका शुक्रबार बिहान काठमाडौंको टुँडिखेलमा राखिएको थियो । तीमध्ये चारजनाको पशुपति आर्यघाटमा दाहसंस्कार भइसकेको छ ।

टुँडिखेलमा श्रद्धाञ्जली दिएपछि नेपाली सेनाको स्काई ट्रकबाट अधिकारीको शव गृहनगर पोखरा पुर्‍याइएको थियो । अधिकारी २०७४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । स्थानीयमाझ लोकप्रिय उनी लगातार तीन पटक विजयी भएका थिए ।

रामघाट लानुअघि मन्त्री अधिकारीको पार्थिव शरिरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाएका थिए । त्यसैगरी नेकपा नेता बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ