काठमाडौं, १७ फागुन । बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शुक्रवार अन्त्येष्टि हुँदै छ । नेकपा पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि हुने छ।
दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको ज्यान गएको थियो। सातै शव श्रद्धाञ्जलीका लागि अहिले टुँडिखेलमा राखिएकाे थियाे ।
ताप्लेजुङमा दुर्घटना भएको एअर डाइनेस्टीको हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे सवार थिए।