आजै कतार एयरलाइन्सको विमानबाट जर्मनी उड्दै थिए मन्त्री अधिकारी !

आजै कतार एयरलाइन्सको विमानबाट जर्मनी उड्दै थिए मन्त्री अधिकारी !

  • बिहिबार, फाल्गुन १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

१६ फागुन, काठमाडौं । बिहीबार जर्मनी प्रस्थान गर्ने कार्यक्रम तय गरेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी दुःखद् निधन भयाे । अधिकारी विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) को पर्वतीय पर्यटन सम्बन्धी सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । यसका लागि मन्त्रालयले टिकेटिङ र होटल बुकिङलगायत सबै तयारी पूरा गरिसकेको थियो ।

अधिकारी ताप्लेजुङबाट फर्किएर शनिबारदेखि जर्मनीमा हुने युएनडब्लुटीओमा सहभागी हुन बिहीबार ८:५० बजे कतार एयरलाइन्सको विमानबाट जर्मनी जाने कार्यक्रम भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । पर्यटन मन्त्रालयका पर्यटन प्रवद्र्धन महाशाखा हेर्ने सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्याय र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि मन्त्री अधिकारीसँगै जर्मनी जाने कार्यक्रम थियो ।

मन्त्री अधिकारीको निधनपछि जोशी र उपाध्यायले पनि भ्रमण रद्द गरेका छन् । अधिकारीले सम्मेलनमा नेपालमा पर्वतीय पर्यटनको अवस्थाबारे सम्बोधन गर्ने कार्यक्रम थियो । ‘सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने गरी काम भइरहेको बारे जानकारी दिने कार्यक्रम थियो,’ सहसचिव उपाध्यायलेभने,‘तर, अकल्पनीय घटनाले जर्मनी पुगेर नेपालको पर्यटनबारे विश्व समुदायमाझ महत्वपूर्ण सन्देश दिने उहाँको सपना अधुरै रह्यो ।’

उपाध्यायका अनुसार २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न मन्त्री अधिकारीले यो भ्रमणलाई उपलब्धीमूलक हुने मानेर नै जाने तय गरेका थिए । मन्त्री अधिकारीको टोली फागुन २४ गते नेपाल फर्किने कार्यक्रम थियो । उनले बर्लिनमा हुने अर्को एउटा पर्यटन एक्स्पो आईटीबीमा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो, जसमा भाग लिन नेपाली पर्यटन व्यवसायीको टोली जर्मनी पुगिसकेको छ ।

जर्मनीबाट फर्कँदा अधिकारीले म्युनिख विमानस्थलको व्यवस्थापनबारे अवलोकन गर्ने कार्यक्रम पनि थियो । सरकारले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख एयरपोर्टलाई दिने निर्णय गरिसकेको पर्यटन मन्त्रालय स्रोत बताउँछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ